|

विराटनगर :  लगातारको वर्षापछि पूर्वी तराई तथा पहाडका ठूला नदीको सतह बढेको छ। त्यसमध्ये पनि सप्तकोशीदेखि नेपाल मात्रै होइन भारत पनि सतर्क छ। सप्तकोशी नदी चीनको हृवाङहो नदीपछि तीव्र गतिमा बग्ने विश्वको दोस्रो ठूलो नदी हो। कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन्।

‘नेपालका हिमालबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ,’ विकिपीडियामा उल्लेख छ, ‘नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्दछ। वर्यषायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई ‘विहारको दुःख’ पनि भन्ने गरिन्छ।’

प्राकृतिक रूपमा कोशी नदी भारतीय भूमि बिहारका लागि दुःखको विषय भए पनि कृत्रिम रूपमा यसको सम्पूर्ण दुःख नेपालले मात्रै बेहोर्दै आएको छ। हरेक वर्ष तराईमा बाढी आउँदा कोशीले बिहारलाई नभएर नेपाललाई डुबाउँछ। 

किनकि कोशी नदीमा बनेको ब्यारेज (बाँध) को सम्पूर्ण ताला चाबी भारतको हातमा छ। केही दिनयताको अविरल वर्षापछि तराईको अधिकांश भूभाग बाढीको चपेटामा छ। गत असार २६ गतेदेखि लगातारको वर्षापछि अत्याधिक पानीको बहाबभएको भन्दै दुईसय वर्षका लागि भारतको जिम्मा लगाइएको कोशी ब्यारेजका ५२ वटै ढोका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खोलिएको थियो।

२०६५ भदौ २ गते सुनसरीको पश्चिम कुशाहानजिक कोशी तटबन्ध फुटेको थियो। नेपाल र भारतले सन् १९५४ मा कोशी सन्धि गरेपछि, सन् १९५९ मा नदीको दुवै किनारामा तटबन्ध बनाइयो। तटबन्ध फुटेको स्थलबाट कोशी नदीको एउटा भँगालो दक्षिण–पूर्व लाग्यो, आफ्नो पुरानो धार पछ्याउँदै।

त्यसले जनधनको ठूलो नाश गरायो। त्यस दिन कोशीमा ठूलो बाढी नआए पनि नेपालमा अनुमानित ५० हजार र बिहारमा ३०–३५ लाख मानिस प्रभावित भएका थिए।

भनिन्छ एक पटक लागेको चोटले पटक पटक पिडा दिन्छ, यस्तै पिडाले सताउने गर्छ कोशी पिडितहरुलाई। छँदाखाँदाको खेत सप्तकोशीको बाढिले बगरमा परिणत बनाएको दिन भदौ २ लाई उनीहरु कालो दिन मान्छन्।

११ वर्ष अघि पाएको पिडाले अझै सताउँछ कोशीपीडितहरुलाई। वर्षालागेसँगै मिडियामा छाउने सप्तकोशीसम्बन्धी समाचारले यहाँको मात्र होइन विश्वभर छरिएका नेपाल तथा भारतीयको ध्यान तान्ने गरेको छ। बिहीबार लिएको बाढीले मडारिएको सप्तकोशी र सप्तकोसीमा मिसिएका त्रियुगा र दूधकोशीको तस्वीर यस्तो छ :

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.