|

काठमाडौं : डा. भूपहरि पौडेलद्वारा अनुसन्धित एवं सम्पादित कृति ‘कृष्णलाल अधिकारी र ऐतिहासिक मकैपर्व’ शीर्षकको कृति लोकार्पण गरिएको छ ।

काठमाडौंको चावहिलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुस्तक विमोचन गरे। उनले नेपाल अहिलेको अवस्थामा आइपुग्न सुब्बा कृष्णलाललगायत धेरै शहीदको योगदान रहेको धारणा राखे। नयाँ पुस्ताले उनीहरूको योगदान भुल्न नहुने उनको भनाइ छ।

कार्यक्रममा कांग्रेसका नेता लक्ष्मण घिमिरे, अधिवक्ता रामचन्द्र वियोगी, प्राध्यापक दुर्गाप्रसाद अर्याल र प्राध्यापक कुमारप्रसाद कोइरालाले कृतिबारे धारणा राखे।

सम्पादक पौडेलले २०३५ सालदेखिको अनुसन्धानपछि कृति तयार भएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.