|

काठमाडौं : सरिता अर्यालको नियात्रा संग्रह ‘मेरो अपहरण’ शुक्रबार सार्वजनिक भएको छ। प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा भएको सो कार्यक्रमको सभापतित्व आयोजक संस्था गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठकले गरेकी थिइन्।

विमोचन कुलपति गंगा प्रसाद उप्रेती, प्राज्ञ माया ठकुरी, गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, नियात्रा बिधाका शिखरपुरुष तारानाथ शर्मा, प्राडा निर्मोही ब्यास, वरिष्ठ नियात्राकार प्रतिक ढकाल , वरिष्ठ साहित्यकार हरिमाया भेटवाल, कर्णाली प्रदेश सभासद कुर्मराज शाही र लेखिका सरिता अर्याल द्धारा संयुक्त रुपमा गरिएको थियो।

कार्यक्रममा आफ्नो मन्तव्यमा प्रमुख अथिती गंगाप्रसाद उप्रेतीले मेरो अपहरण एउटा ऐतिहासिक कृति भएको उल्लेख गरे। यस कृतीले विगतका द्धन्द, त्यसमा भएका प्रमुख घटनाहरु र कमजोरीहरु मेरो अपहरणले प्रष्ट देखाइदिएको बताए। 

लेखकसँगै माओवादी अपहरणमा परेका सभासद कुर्मराज शाहीले स्वागत मन्तव्यमा कालीकोटको भौगोलिक अबस्था बारे प्रकाश पार्दै अपहरणको बेलाको आफ्नो मनस्थीती कस्तो भएको थियो प्रष्ट्याए। ढुंगाको जिल्लाको कृति आउनु जसको पात्र आफूपनि भएकोमा शाहीले भावविभोर हुदै लेखकलाई धन्यवाद पनि दिए।

नियात्रा बिधाका सुत्रधार तारानाथ शर्माले शुभकामना मन्तव्यमा नियात्रा भन्ने विधा कसरि जन्मीयो भन्ने जानकारी गराए। अर्का वक्ता नेपालका नियात्रा विधामा विद्यावारधी गर्ने एक मात्र व्यक्ति प्राडा निर्मोही व्यासले मेरो अपहरण रिपोर्ताज शैलीमा लेखिएको अप्रतिम कृति भएको बताए। माओवादी र सरकार पक्षदुबैका कुरा सुनेर तथस्ठ भएर जनयुद्धका विषयमा लेखिएको यो नै प्रथम कृती हो भन्नेमा उनको ठोकुवा थियो।

मेरो अपहरणमाथि टिप्पणी गर्दै वक्ता प्रतिक ढकालले पीडाले मान्छेलाई लेख्न बाध्य बनाउँछ भन्दै, म मारिँदै छु भन्ने ठाउँबाट फर्केर आउँदा कस्तो अनुभूत हुन्छ त्यही अनुभवको दसी हो मेरो अपहरण भने। पाँच दिनको अपहरण पेरिफेरीमा यो पुस्तक लेखिएकोछ जुन सिनेमा हेरे जस्तो लाग्दछ। डर भित्र पनि एक किसीमको सुन्दरता हुने रहेछ, उत्सुकता हुने रहेछ त्यसैको चर्चा गर्न लेखक सफल भएको बताए

अर्की टिप्पणीकार हरिमाया भेटवालले घर बाट बाहिर निस्कन नसकिने समयमा परिवारबाट बाहिर निस्कीएर कर्णाली त्यो पनि राज्यपक्ष पुग्नै नसकेको ठाँउमा पुग्छु भनेर पाइला बढाउने लेखक बहादुर नारी हुन।

आफू अपहरणमा परेता पनि अरु दुइजनासहयात्रीको नेतृत्व लिदै पाठकलाई संगसंगै घुमाउँन सफल भएकी छन् लेखिका। यस पुस्तकले द्वन्द्वरत सरकार र माओवादी पक्षद्धारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनलाई जस्ताकोतस्तै पस्केकाले युद्धभित्रको प्रताडना बुझ्न पुस्तक उपयोगी देखिन्छ भन्न पनि पछि नपरेको साहित्यकार हरिमाया भेटवालले सुनाइन्।

शुभकामना मन्तव्य दिदै अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले माओवादी द्धन्दको समयमा नेपालीले भोगेका अनुभव र अनुभूति मेरो अपहरणमा रहेको र एउटा नियात्राकारमा पाठकलाई आफूसँगै लैजाने क्षमता क्षमता सरितामा भएको जिकिर गरे।

कार्यक्रममा रचना गर्भको बारेमा जानकारी दिदै सरिता अर्यालले आफू त्यो समय र आजको समयको साक्षी भएकोले किताब प्रकाशित गर्नुपरेको बताइन्। मेरो अपहरण नियात्रासंग्रह नै सम्पूर्ण कालिकोट बासीको नाममा समर्पण गदै हिजो कालिकोट बासीका बीचमा बाँडिएको अनगिन्ती सपना आजसम्म पनि बिपनामा परिणत हुन नसकेको बताइन्। यो कृति बिएन पुस्तक संसारले बजारमा ल्याएको हो। किताबको मूल्य ३५० रुपैयाँ तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.