|

काठमाडौं/पर्वत : बालुवाटारस्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा मुछिएका एक अभियुक्तको साततले सपिङ सेन्टरबाट खसेर ज्यान गएको छ। सामाखुसीस्थित साततले किनमेल केन्द्र हिमालय सिटी सेन्टरको छतबाट खसेर पूर्वखरिदार युक्तप्रसादको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

'उनले आत्महत्या गरेको या खसेर मृत्यु भएकोबारे हामीले अनुसन्धान गरिरहेका छौँ', बोगटीले भने, 'शव पोस्मार्टमका लागि शिक्षण अस्पताल लगिएको छ। विस्तृत विवरणबारे अनुसन्धानमै छौँ।'

नेपाली कांग्रेस पर्वतका सचिवसमेत रहेका ५४ वर्षीय श्रेष्ठ सिटी सेन्टरको साततले छतबाट खसेपछि उपचारका लागि पिपुल्स अस्पताल नयाँ बजारमा पुर्‍याए लगत्तै मृतयु भएको थियो। 

पर्वतको फलेवास नगरपालिका-६ देवीस्थान घर भएका श्रेष्ठ नेपाली कांग्रेस पर्वतका मनोनित सचिव थिए। उनको परिवार काठमाडौंमै बस्दै आएको छ। श्रेष्ठको दाहसंस्कार र अन्य शोक कार्यक्रमबारे पार्टीमा निर्णय हुन बाँकी रहेको कांग्रेस पर्वतका अर्का सचिव विश्वप्रकाश प्रसाईले जानकारी दिए। 

कस्तो थियो संलग्‍ता

बालुवाटारको चर्चित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा ब्यक्तिको नाममा बनाउने काममा नेपाली कांग्रेस पर्वतका सचिब तथा लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ का पुर्ब गर्भनर समेत रहेका युक्तप्रसाद श्रेष्ठ समेत मुछिएका थिए। 

बालुवाटारको सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा पुर्याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो ।

सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन खरदार समेत रहेका नेपाली कांग्रेसका सचिव श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो।

तत्कालिन प्रधानमन्त्री ‘मन्त्रिपरिषद्, मुख्य सचिव, मन्त्रालयका सचिव, भूमिसुधार विभाग हुँदै मालपोत कार्यालयमा आएका उनले कागजात सदर गरेर ललितानिवासको जग्गा सुवर्णशमशेरका भोगाधिकारीलाई दिने काममा सबै प्रकृया मिलाउन महत्वपूर्ण भूमिका खेलेको भेटिएको अख्तियारको दाबी थियो। 

नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिमा सचिव पदमा मनोनित भएका श्रेष्ठले स्थानीय तहको निर्वाचनमा फलेबास नगरपालिकामा मेयरको दाबी गरेका थिए।

उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद अर्जुनप्रसाद जोशीका प्रिय पात्र मानिन्थे। लायन्स क्लबको डिस्ट्रीक्ट गर्भनर रहेका बेला पर्वतका लायन्स क्लबहरुले श्रेष्ठलाई रथमा राखेर बजार परिक्रमा समेत गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.