पश्चिमी देशका पर्यटक घटे, भारतीय-चिनियाँ बढे

|

इलाम : नेपालले भ्रमणवर्ष : २०२० घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर तेस्राे मुलुकबाट आउने पर्यटकस अझै आकर्षित हुन सकेा छैनन्। 

सरकारी तथ्यांकले नै विदेशी पर्यटकको बसाइ लम्व्याउने प्रभावकारी योजना ल्याउन नसकेको देखाएको छ। विगत ४४ वर्षको सरकारी तथ्यांकले पर्यटकको नेपाल बसाईमा उतार-चढाव आइरहेको देखाउँछ। सन् १९७४ मा विदेशी पर्यटकहरूले औषत १३.२ दिन नेपालमा बिताउने गर्थे। तर सन् २०१८ मा आइपुग्दा यो दर १२.४ मा झरेको छ। 

पछिल्लो पटक सरकारले मनाएको भिजिट नेपाल १९९८ मा तीन लाख ९३ हजार ६१३ ले नेपाल भ्रमण गरेका थिए। त्यो बेला एकजना पर्यटकले औसतमा १३.५० दिन बिताएको नेपाल टुरिज्म स्टाटिस्टिक्स-२०१८’ मा उल्लेख छ। सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० मा  एकजना पर्यटकको बसाई अवधि लम्व्याएर १५ दिन पुर्‍याउने सरकारको लक्ष्य छ। तर उतार-चढावको दर ३ वर्षदेखि घट्दै आएको छ। 

गोरखा भूकम्प र भारतीय नाकाबन्दीले मुलुकको अवस्था खस्किरहेको वर्ष सन् २०१६ मा ७ लाख ५३ हजारले नेपाल भ्रमण गरेका थिए। उनीहरू औसतमा १३.४ दिन नेपालमा बसेको तथ्यांकमा उल्लेख गरिएको छ। यो तथ्यांक सन् २०१७ मा १२.६ र २०१८ मा आइपुग्दा घटेर १२.४ पुगेको छ। पर्यटकको बसाइअवधि घट्नुको मुख्य कारण धेरैजसो पर्यटक छुट्टी मनाउन नेपाल आउनु रहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

‘पर्यटकको संख्या बढे पनि औसत बसाइ घटेको देखिन्छ हाम्रो लक्ष्य बढाउने नै हो ’ उनले भने ‘ सबैैन्दा बढी समय नेपालमा बिताउने भनेको हिमआरोहीले हो। तर पछिल्लो समय आरोहीभन्दा पनि बिदा मनाउनेहरू बढी आए।’ 

सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए। जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी भएको नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’ मा उल्लेख गरिएको छ।

सन् २०१७ मा ९ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा हाल १२ दिनको पर्यटको बसाई अवधिलाई लम्बाएर १५ दिने पुर्‍याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पुर्‍याउने लक्ष्य सरकारले लिएको छ।

भारतबाट सन् २०१८ मा १ लाख ९४ हजार ३२३ र चीनबाट १ लाख ५३ हजार ६३३ जना पर्यटक नेपाल आएका थिए। तेस्राे स्थानमा रहेको अमेरिकाबाट ९१ हजार ८९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४६६ र पाँचौंमा रहेको श्रीलंकाबाट ६९ हजार ६४० पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै गरी सन् २०२० मा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको उपाध्ययायले बताए। हाल उक्त योगदान २ प्रतिशत मात्रै रहेको छ। त्यस्तै गरी विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान ८ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको प्रवक्ता उपाध्ययले जानकारी दिए। 

विदेशी पर्यटकको दैनिक खर्च घट्दो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रकाशित ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’ अनुसार पर्यटकको बसाइ घटेसँगै उनीहरूले दैनिक रुपमा गर्ने खर्चमा समेत कमी आउन थालेको छ। सन् २०१७ मा एक पर्यटकले दैनिक ५४ अमेरिकन डलर खर्च गरेकोमा त्यो घटेर सन् २०१८ मा ४४ अमेरिकन डलरमा सीमित भएको छ। 

पर्यटन मन्त्रालयको प्रवक्ता उपाध्यायले इपेमेन्ट सिस्टमका कारण खर्च कम देखिएको बताए। ‘इ–पेमेन्ट हाम्रो राष्ट्रिय आयमा नदेखिने भएकाले खर्च कम गरेको देखिएको हो। तर राष्ट्र बैंकसँग समन्वय गरेर वास्तविकता निकाल्ने प्रयास गरिरहेका छौं ’ उनले भने ‘ सन् २०१९ मा भने वास्तविक खर्च कति गर्छन् भन्ने देखाउन सक्छौं।’ 

पर्यटन क्षेत्रबाट सन् २०१८ मा ६९ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ आम्दानी भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो। सन् २०१७ मा पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ आम्दानी भएको थियो।

सवैभन्दा बढी पर्यटक भारतबाट

विगतमा जस्तै सन् २०१८ मा समेत सबभन्दा बढी पर्यटक छिमेकी मुलुक भारत र चीनबाट आएका छन्। नेपालमा बढी पर्यटक आउने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रोमा छ ।

भारतबाट सन् २०१८ मा १ लाख ९४ हजार ३२३ र चीनबाट १ लाख ५३ हजार ६३३ जना पर्यटक नेपाल आएका थिए। तेस्राे स्थानमा रहेको अमेरिकाबाट ९१ हजार ८९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४६६ र पाँचौंमा रहेको श्रीलंकाबाट ६९ हजार ६४० पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख गरिएको छ ।

अधिकांश पर्यटक बिदा मनाउन, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन्। सन् २०१८ मा ७ लाख ३ हजार ८४३ जना बिदा मनाउन र १ लाख ८७ हजार ६९२ जना धार्मिक कामका लागि आएको तथ्यांकमा उल्लेख गरिएको छ। साहसिक पर्यटनमा रुचि राख्नेहरूको रोजाइमा समेत नेपाल पर्ने गरेको छ।

‘पर्यटकको संख्या बढे पनि औसत बसाइ घटेको देखिन्छ हाम्रो लक्ष्य बढाउने नै हो ’ उनले भने ‘ सबैैन्दा बढी समय नेपालमा बिताउने भनेको हिमआरोहीले हो। तर पछिल्लो समय आरोहीभन्दा पनि बिदा मनाउनेहरू बढी आए।’ 

हिमाल आरोहणमा सन् २०१८ मा ४३४ महिलासहित ३ हजार १३६ जनाले अनुमति लिएकोमा १ हजार ६०३ जनाले मात्र सफल आरोहण गरेका छन्। आरोहण सफल हुनेमा १९३ जना महिला र एक हजार ४१० जना पुरुष रहेका छन्। 

इलाममा विदेशी पर्यटक आउने गन्तव्य सन्दकपुर

सरकारले पर्यटन वर्षका लागि ‍एकसय गन्तव्य पहिचान गरेर ५० लाखको दरले बजेट विनियोजना गरेको छ। जसमा इलामको  सन्दकपुर–माइपोखरी र फिक्कल–कन्याम–अन्तु सर्किटलाई समावेश गरेको छ। ती क्षेत्रहरूमा बाह्रय पर्यटकको आकर्षण बढ्न सकेको छैन।

अन्य क्षेत्रमा चिया अध्ययनका लागि मात्र तेस्रो मुलुकबाट पर्यटकहरू आउने गरेका छन्। आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा ४२.६७ प्रतिशतले पर्यटकको संख्या बढे पनि बाह्रय पर्यटक बढ्न सकेनन्।

पर्यटन सूचना केन्द्र जोरकलशका दर्ता अधिकारी गगन घिमिरेका अनुसार गत आर्थिक वर्षमा इलाममा ५ ८० जना भित्रिएका छन्। दुई सय २९ जना महिला र तीन सय ५१ जना पुरुष विदेशी पर्यटक इलाम भ्रमणमा आएको पर्यटन सुचना केन्द्रले जनाएको छ। जुन कुल संख्याको ०.००४३ प्रतिशत हुनु आउँछ। उक्त केन्द्रमा  दर्ता भइ  एक लाख ३४ हजार ७७ जना इलाम प्रवेश गरेका छन्। यो तथ्यांक अघिल्लो वर्ष ९३ हजार ९७६ थियो।

युरोप अमेरिका चीन र छिमेकी देश भारत, भुटान लगायतका पर्यटकको रोजाई इलाम पर्ने गरेको छ । स्वदेशी पर्यटकले कन्याम र अन्तु रोजे पनि बिदेशी पर्यटकको रोजाइमा सन्दकपुर पर्ने गरेको पाइएको छ। वर्षेनी सन्दकपुरमा हजारौको संख्यामा भारतीय बाटो प्रयोग गर्दै तेस्राे मुलुकबाट पर्यटकहरू भित्रने गरेका छन्। 

सन्दकपुरमा दैनिक ५० बढी विदेशी पर्यटकहरू आउने गरेका छन्। तर नेपालको बाटो हुँदै न्यून मात्रमा पर्यटक सन्दकपुर पुग्छन्।  नेपालमा पूर्वाधार विकास र पर्यटनमा लगानी नहुँदा भारतले फाइदा उठाएको छ। हिलाम्मे र असहज सडकका कारण स्वदेशी पर्यटकहरू पनि नेपालको बाटो प्रयोग गर्न अनकनाउँछन्।

सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले अबको एक वर्षमा सन्दकपुरमा खानेपानी, बिजुली, बाटो जस्ता पूर्वाधारको बिकास गरिसक्ने बताए। उनले सन्दकपुर जाने पर्यटकलाई नेपाल तर्फ नै आवश्यक सुविधा दिने प्रयत्न गाउँपालिकाले गरिरहेको जानकारी दिए। ‘३६३६ मिटरको उचाईमा रहेको सन्दकपुर इलामकै प्रमुख पर्यटकीय गन्तब्य हो।’ उनले भने, ‘१ वर्षको अवधिमा नेपाल हुँदै वर्षेनि लाखौँ पर्यटक सन्दकपुर पुर्‍याउन कुनै पनि कसर बाँकी राखिँदैन।’ 

सन्दकपुर पुग्ने पर्यटकलाई मूख्य समस्याको रुपमा गाँस र बासको रहेको छ। नेपाल तर्फ २ वटा होटल छन् जसमा १ सय बढी पर्यटक अटाउन मुस्किल पर्छ। भारततर्फ भने सरकारी आवास बनाएको छ त्यहाँ एक पटकमा ५०० बढी पर्यटक अटाउँछन्। ३ देशका ६० बढी हिम चुचुरा देखिने सन्दकपुरको दृश्यावलोकन नेपालबाट गर्न सकिन्छ। तर पूर्वाधारको विकास नहुदा भारतले फाइदा उठाएको स्थानीय सिद्धि गुरुङ बताउँछन्।

यता स्वदेशी पर्यटक बनभोज खान, चियाबारीको दृश्यावलोकन गर्न र घोडचडीका लागि कन्याम आउने गरेका छन्। दिनभरी कन्यामको चियाबारीमा भुल्ने पर्यटक साँझ परेपछि अन्तुमा रात विताउन पुग्छन्।  त्यहाँ पुगेका पर्यटकले सूर्योदयको दृश्यावलोकनमा रमाउने गरेका छन्। 

इलाम भनेर आएका धेरै जसो पर्यटक कन्याम आइपुगे पछिे मिरिक दाजिलिङ लगायतका स्थान जाने गरेका छन्। प्रदेश एक सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाले पर्यटकलाई थप आर्कषित गर्न कन्याममा पार्क निर्माण गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.