अत्यधिक दौडधुपले एक सातादेखि विरामी

|

काठमाडौं : १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बेला–बेला समस्या देखिने गरेको छ। दैनिक दौडधुप र धपेडीले आराम नपुग्दा विारामी शरीरलाई थप अफ्ठेरो परिरहन्छ। हुदाँ प्रम ओलीको स्वास्थ्यमा ठूलो नभए पनि सामान्य खालको समस्या देखिने गर्छ।

गत असोजमा गम्भीर विरामी

नेकपा एमालेको नवौ‌ं महाधिवेशनताका प्रधानमन्त्री ओलीको दायाँ हातमा म्यानेन्जाइटिस् भएको थियो। त्यो बेला पनि उनले सिंगापुरमा एक महिना लामो उपचार गराएका थिए। कडा खालको मेनिन्जाइटिस’ सँगै ओलीलाई अत्यधिक टाउको दुख्‍ने  समस्याले सताएको थियो।

२०७५ असोज १२ गते फोक्सोमा इन्फेक्सन भएपछि पाँच दिन अस्पताल बस्‍नु परेको थियो। दशैंको टीका लगाइदिने क्रममा धपेडीले छातीमा इन्फेक्सन भएपछि प्रधानमन्त्री ओली १२ कात्तिकमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

त्यसपछि पुन: एक पटक स्वास्थ्य परीक्षण गर्न ओली बेला बेला मनमोहन अस्पतालमा पुग्ने गरेका थिए। त्यसयता शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले बालुवाटार पुगेर ओलीको स्वास्थ्य जाँच गरिरहेका छन्।

अहिले उनको उपचारको सम्पूर्ण जिम्मेवारी मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको नेतृत्यमा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह र वरिष्ठ फिजिसियन तथा कलेजो रोग विशेषज्ञ डा दिलिप शर्माले लिएका छन्। 

प्रधामन्त्री फेरि बिरामी

केही सातायता प्रधानमन्त्रीको दौडधुप बढेको थियो। नेकपाको विभाग प्रमुख चयन र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तय गर्न पार्टीको बैठकमा निरन्तर व्यस्त हुनु परेको थियो। पार्टी बैठकको दौडधुपसँगै अन्य औपचारिक कार्यक्रममा पनि प्रधानमन्त्री व्यस्त थिए।

गत बिहीबार तिलगंगा आँखा प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्रीले असहज महसुस गरेका थिए। त्यहाँ मन्तब्य राख्‍ने क्रममा उनलाई समस्या परेको थियो। बोल्न अफ्ठेरो भएपछि ओली सम्बोधन छोट्याएर हिँडेका थिए। 

गत शनिबार शहिद गंगालाल ह्यदयरोग केन्द्र अस्पतालको भवन उद्घाटन कार्यक्रममा सहभागी हुँदा उनले स्वास्थ्यमा समस्या आएको बताएका थिए। तर त्यो बेला आफ्नो समस्यालाई उनले अस्थायीको संज्ञा दिएका थिए। 

वीर अस्पतालको वार्षिकोत्सवमा प्रमुख अथिति रहेका उनी अनुपस्थित भए। तर त्यही दिन भारतीय राजदूत मञ्जीभ सिंह पुरी सहभागी उद्योग क्षेत्रको कार्यक्रममा भाग लिन पुगे। 

के हो अहिलेको समस्या?

२५ वर्ष अघिदेखि ओलीको स्वास्थ्य जाँच गर्दै आएका डा.अरुण सायमीका अनुसार एक सातादेखि उनलाई सामान्य रुघाखोकीले सताएको थियो। त्यसपछि चिकित्सकहरुले बालुवाटारमै पुगेर ओलीको स्वास्थ्य जाँच गरेका थिए। यसक्रममा शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञसमेत बालुवाटार पुगेर स्वास्थ्य परीक्षण गरेका थिए। तर स्वास्थ्यमा थप समस्या देखियो। मुटुकोसमेत थप उपचार गर्नु पर्ने भएपछि शनिवार शिक्षण अस्पताल लगिएको  थियो।

शिक्षणको मनहोहनमा सिसीयू र अन्य बेड पनि खाली नभएपछि उनलाई छाउनीस्थित सैनिक अस्पताल लगेर सम्मपूर्ण स्वास्थ्य जाँच र उपचार गरिएको थियो।

त्यहाँ उपचार गर्दा रगतमा चिनीको मात्रा र मुटुको चालमा केही गडबडी देखिएको थियो। ओलीको उपचारमा संलग्‍न मुटुरोग विशेषज्ञ डा.अरुण सायमीका अनुसार सातायता देखिएको समस्या कम हुँदै गए पनि मिर्गौलाको विस्तृत जाँचका लागि सिंगापुर पठाउन लागिएको हो।

' मिर्गौल प्रत्यारोपण भएको लामो समय भएको छ। बेला बेलामा विशेषज्ञ चिकित्सकसँग गरिरहनुपर्ने फलोअप भएको छैन', उनले भने, 'हाल रगतमा थोरै सुगर बढेको छ। त्यसैले थप उपचारका लागि सिंगापुर पठाउन लागिएको हो।'

डा. सायमीले प्रधानमन्त्रीको स्वास्थ्यमा जटिल समस्या नभए पनि धेरै आरामको खाँचो छ। 'नेपालमा रहँदा आराम गर्ने सम्भावना देखेनौँ', उनले भने, 'हामीले केही उपचार र बढी आरामका लागि बाहिर पठाउन लागेका छौँ।'

यसै हप्ता सिंगापुर जाने

चिकित्सकहरुको सल्लाहमा केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाने भएका छन्। उनलाई उपचारका लागि सिंगापुर पठाउन लागिएको निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. सायमीले बताए।

सिंगापुरमा ओलीको होलबडी फेरफ चेकअप गरिने छ। यहाँ  गरिएको उपचार र लिइरहेको औषधिबारे विशेषज्ञ चिकित्सकको सल्लाह लिनुका साथै थप आरामा गराइने डा. सायमीले बताए। ‘यहाँ हामीले गरेको जउपचारको रिपोर्ट र लिइरहेको औषधिको मात्रा घटाउने या बढाउनेसहितका सल्लाह सिंगापुरमा लिइने छ', उनले भने। 

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ जाने बालुवाटार स्रोतले बताएको छ। यता मंगलबारै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीतालाई लिएर दुबईतर्फ लागेका छन्। उनी शनिबारसम्म नफर्किए नेकपाले कार्यबाहक अध्यक्षको खोजी गर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.