|

सुनसरी : कारागार  कानुन विपरीत काम गरेर सजाय काटिरहेका कैदीबन्दीहरुलाई राखिने ठाउँ हो। हामीले कारगारमा रहेका कैदीबन्दीहरुले कष्ट भोग्दै आएको समाचार पढ्दै, सुन्दै आएका छौं।

कारागारमा असुविधा, असुरक्षा भएको भन्दै कैदीबन्दीहरुले आन्दोलन गरेका समाचार पनि आइरहन्छन्। तर, सुनसरीको झुम्का कारागारमा रहेका कैदीबन्दीहरूको अवस्था भने ती समाचार भन्दा भिन्न छ। 

उनीहरु कारागारभित्रै सीप सीप सिकिरहेका छन्। सीप सिकिसकेकाहरु मनग्ये आम्दानी गर्दै आइरहेका छन्। कारागार व्यवस्थापनले कैद भुक्तान गरिरहेका कैदीहरूका लागि कारागारभित्रै सीपमुलक तालिम दिँदै आएको छ। कारगार व्यवस्थापनको उक्त कार्यले सीपसँगै आम्दानी पनि आर्जन गरेको कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका विक्रम राईले बताए। 

सुधार गृहको रुपमा परिचित बन्दै गएको क्षेत्रीय कारागार झुम्काका कैदीबन्दीहरू कोही बाँसका सुइरा खुर्किरहेका हुन्छन्। कोही मुढा बुन्दै दिन व्यतित गर्दै हुन्छन्। कोही भने फर्निचर बनाउँदै गरेका देखिन्छन्। 

कैदीबन्दीहरुको सीपमुलक कार्यले झुम्का कारागार उद्योगजस्तै भएको जेलर डा. कृष्णबाहादुर घिमिरेले बताउँछन्। कैदीबन्दीमध्ये धेरैले कुनै न कुनै सीपमुलक काम गरेर आयआर्जन गरिरहेका उनको भनाइ छ। मुढा बनाएर मात्रै मासिक पाँच हजारदेखि १२ हजार रुपैयाँ कमाइ गर्छन्। 

कारागारभित्रै सीप सिक्न पाउँदा कारगारबाट निस्किएपछि समाजमा पुनस्र्थापित हुन सहयोग पुग्ने कैदीबन्दी राजनारायण शर्माले बताउँछन्। झुम्का कारागारमा एक हजार ७२५ कैदीबन्दी छन्। तीमध्ये धेरैले बाँसका मुढा, फर्निचरका सामान र हस्तकलाका सामग्री बनाउँदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.