|
फाइल फोटो

काठमाडौं : सिद्घार्थ बैंकले बुधबार काठमाडौंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो। बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १६० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १७३ एटिएम र १ हजार ३०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैकिङ सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.