|

म्याग्दी : दुई महिनायता खानेपानीको चरम संकट व्यहोर्न बाध्य म्याग्दी सदरमुकाम बेनीबजारबासीले बुधवार राहत पाएका छन्।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको चमेरे बैसरी सडकखण्ड निर्माणको क्रममा ठेकेदारको लापरबाहीले खानेपानीको पाइप फुटेपछि बेनी खानेपानी उपभोक्ता संस्थाले बेनी बजार र वरपरका क्षेत्रका खानेपानी आपूर्ति गर्न सकेको थिएन। त्यसयता बजारमा पानीको हाहाकार थियो। 

बेनी बजारमा खानेपानी समस्यालाई हटाउन बेनी नगरपालिकाले बुधबार पालिकाको दमकल मार्फत खानेपानी वितरण गरेपछि बजारवासी खुसी भएका छन् ।

खानेपानीको हाहाकार भएपछि बजारबासी र वडाका जनप्रतिनिधीको आग्रहमा दमकल मार्फत खानेपानी वितरणको व्यवस्था मिलाइएको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताए ।

पर्वतको जलजला गाउँपालिकामा पर्ने फनफने. खानेपानी मुहान खनिया घाटबाट पानी ल्याएर बेनी बजारको कालिपुुल ,पिपलचोक र शिक्षा मार्गमा वितरण गरिएको हो । 

खानेपानी आयोजना मर्मत नहुँदासम्म बजार बासीलाई विकल्पको रुपमा दमकल मार्फत खानेपानीको व्यवस्था मिलाइने मेयर श्रेष्ठले बताए । यता बेनी खानेपानी उपभोत्ता संस्थाका अध्यक्ष सुवाशकुमार श्रेष्ठले सडक निर्माणको क्रममा डोजरले पाइपलाइन फुटाउँदा दैनिकजसो खानेपानी आपुर्ती अवरुद्ध हुने गरेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.