राष्ट्र बैंककै फरक तथ्यांक: अनुसन्धान विभाग भन्छ घट्यो, विनिमय विभाग भन्छ बढ्यो

|

काठमाडौं : नेपाल राष्ट्र बैंक अनुसन्धान विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ महिनामा नेपालमा वैदेशिक लगानी ११ अर्ब रूपैयाँ आप्रवाह भएको छ। वैदेशिक लगानी आप्रवाह अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले घटेको छ।

तर, राष्ट्र बैंक वैदेशिक विनीमय विभागको तथ्यांकले भने आर्थिक वर्ष २०७५/७६ नेपालमा अहिलेसम्मकै उच्च वैदेशिक लगानी आएको देखाउँछ। यो आर्थिक वर्षमा वैदेशिक लगानीको करिब ३२ अर्ब रुपैयाँ आएको छ। विदेश विनिमय व्यवस्थापन विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा ३१ अर्ब ९७ करोड २७ लाख रुपैयाँ आएको छ। यसमध्ये असार महिनामा जम्मा दुई अर्ब ६५ करोड १२ लाख रुपैयाँ भएको छ।  अनुसन्धान विभागको ११ महिनाको तथ्यांक र विदेशी विनिमय विभागको असारको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७५/७६ मा १४ अर्ब रुपैयाँ लगानी आप्रवाह हो।

विदेशी व्यवस्थापन विभागले उल्लेख गरेअनुसार गत आर्थिक वर्षको तुलनामा यो रकम चार गुणा बढी हो। आर्थिक वर्ष २०७४/७५ मा आठ अर्ब ६ करोड रुपैयाँ आएको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७३/७४ मा पाँच अर्ब ८६ करोड रुपैयाँ लगानी आएको जनाएको छ। अनुसन्धान विभागले निकाल्ने प्रतिवेदनमा भने आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ५१ करोड रुपैयाँ लगानी आएको देखाउँछ।

आर्थिक वर्ष २०७३/७४ मा १३ अर्ब ५० करोड रुपैयाँ लगानी आएको थियो। अनुसन्धान विभागले आर्थिक वर्ष २०७५/७६ मा आएको लगानीको तथ्यांक एकीतृत गरिनसकेकाले सबै विवरण प्रकाशित गर्न केही समय लाग्ने जनाएको छ। तर ११ महिनासम्म ११ अर्ब रुपयाँ लगानीी आएको उसले जनाएको छ।

फरक तथ्यांक

विदेशी लगानी स्वीकृति तथ्यांक

राष्ट्र बैंक अनुसन्धान विभाग

विदेशी विनिमय विभाग

आर्थिक वर्ष २०७३/७४ मा

३ अर्ब ५० करोड

पाँच अर्ब ८६ करोड

आर्थिक वर्ष २०७४/७४ मा

१७ अर्ब ५१ करोड

आठ अर्ब ६ करोड

आर्थिक वर्ष २०७५/७६को ११ महिना

११ अर्ब

२९ अर्ब रुपैयाँ

विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार असारमा मात्रै ५० वटा फाइल स्वीकृत भएका छन्। त्यसो त यसअघि राष्ट्र बैंकबाट स्वीकृति लिएर पनि ठूलो रकम आउँदैन थियो। आर्थिक २०७५/७६ मा स्वीकृत भएको ८८ प्रतिशत रकम आप्रवाह भएको छ।

चीन-भारतको उल्लेख्य बढ्दा कहाँ घट्यो, कहाँ थपियो?

विदेशी विनिमय विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा दुई छिमेकी देशहरूमा भारतको १० गुणा लगानी आप्रवाह भएको छ। चीनको करिब ८० गुणा लगानी आप्रबाह भएको छ। तर समग्र लगानीमा भारत नै अगाडि छ। आर्थिक वर्ष ०७४/७५ मा चीनबा६ जम्मा १२ करोड ६३ लाख रुपैयाँ लगानी आप्रवाह भएको थियो। तर आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब १९ करोड ९८ लाख रुपैयाँ लगानी भएको आप्रावह भएको छ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा भारतबाट एक अर्ब २६ करोड रुपैयाँ लगानी आप्रवाह भएको छ। आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ५५ करोड ३८ लाख रुपैयाँ लगानी आप्रवाह भएको छ।

आर्थिक वर्ष २०७४ लगानी स्वीकृति भएर पनि जापान र क्यानडाबाट लगानी आप्रवाह भएको थिएन। २०७५/७६ मा भने क्रमश १५ करोड ३० लाख र  १३ करोड ६५ लाख रुपैयाँ लगानी आप्रवाह भएको छ। त्यस्तै अघिल्लो वर्षको तुलनामा दक्षिण कोरिया, नेदरल्याण्ड्स र ब्रिटिस भर्जिनबाट लगानी आप्रवाह घटेको छ। यी देशबाट क्रमश २२ करोड २९ लाख, एक करोड १८ लाख ३२ करोड ९४ लाख रुपैयाँ लगानी घटेको छ। र अन्य राष्ट्र अन्तर्गतका राष्ट्रबाट पनि लगानी घटेको छ भने अमेरिका, बेलायत, नेदरल्याण्ड्स लगायतका राष्ट्रबाट पनि घटेको छ।

कहाँबाट कति लगानी?

देश

आर्थिक वर्ष २०७४/७५ मा आप्रवाह रकम

आर्थिक वर्ष २०७४/७५ मा आप्रवाह रकम

चीन

         १२६,३८०,३९६

      ९,१९९,८८९,०००

भारत

     १,२४६,३४५,७९२

   १०,५५३,८६०,२१६

दक्षिण कोरिया

         २५३,०७२,१९५

            २३,३२७,४२२

अमेरिका

             ३,६३०,०००

         २२५,९८७,२७५

सिंगापुर

     १,२६१,०७७,५००

      १,९७५,९२०,०१०

नेदरल्याण्ड्स

           ८४,५००,०००

            ७४,३१५,१४०

जापान

                                   -  

         १५३,०००,०००

बेलायत

             ४,०३९,७४३

      ५,६६२,२६४,०००

अष्ट्रेलिया

             ५,०००,०००

              ५,३४८,७००

जर्मनी

                                   -  

         १३६,५९०,०३७

क्यानडा

             ३,४००,०००

         १०७,४९२,४००

ब्रिटिस भर्जिन आएसल्याण्ड

         ३३७,९४७,०२८.५०

              ८,०००,०००

अन्य

     ४,७३६,०११,४८९.५४

      ३,८४६,७२६,४५३

सात वर्ष नआएको लगानी एकै वर्षमा

विदेशी विनिमय विभागको तथ्यांकलाई मान्ने हो भने पछिल्ला सातवटा आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा आएको लगानी बराबर छ। आर्थिक वर्ष २०६६/६७ देखि आर्थिक वर्ष २०७४/७५ सम्म ३२ अर्ब २७ करोड रुपैयाँको लगानी आप्रवाह भएको छ। तर आर्थिक वर्ष २०७५/७६ मा मात्रै ३१ अर्ब ९७ करोड रुपैयाँ लगानी आएको छ।

सरकारले मुलुक भित्र लगानी आप्रवाह बढेको भन्दै विनिमय व्यवस्थापन विभागको तथ्यांकले पनि यसलाई पुष्टि गरेको बताइरहेको छ। तर अर्थविद्हरू अहिलेको यो तथ्यांकलाई आधाकारिक दिन नसकिने बताउँछन्। ‘गत वर्ष वैदेशिक लगानी आप्रवाह १७ अर्ब ५१ करोड रुपैयाँ भएकोमा आठ अर्ब ६ करोड रुपैयाँ मात्रै देखाइएको छ। यस हिसावले यो तथ्यांकलाई आधिकारिक मान्न सकिने अवस्था छैन’ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले भने।

गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार लेखा समितिको बैठकमा आर्थिक सम्भावना बढ्दै गएको बताएका थिए। स्वदेशी र विदेशी लगानी बढ्दै गएको उनको दाबी थियो। उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा लगानी प्रतिवद्धता ५८ प्रतिशतले घटेको छ। राष्ट्र बैंक अनुसन्धान विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा  लगानी आप्रवाह २५ प्रतिशतले घटेको छ।

(नोट : सामान्यतय अनुसन्धाव विभागले निकालेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गर्छ र आधिकारिक मानिन्छ)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.