|

बारा: प्रसौनी गाउँपालिका ४ खोट्वा टोलस्थित दुधौरा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको बिहीबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सोही गाउँपालिका बस्ने इब्राहिम अंसारीको १० वर्षीय छोरा साहिल अंसारी र अजमुरला अंसारीको १२ वर्षीय छोरा अरमान अंसारी रहेका छन्।

उक्त खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.