|

इलाम : जिल्ला आसपास हुने साहित्यिक कार्यक्रममा सशक्त उपस्थिति देखाउने इलामका गजलकार शिशिर भट्टराईको भएको पहिलो गजल ‘पानी भर्ने’को म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वर रहेको गीतमा इलामे श्रष्टाकै रचना र संगित रहेको छ।

इलाम सिद्धिथुम्का घर भई हाल अमेरिका बस्दै आएका मुरारी गुरागाईंले संगीत दिएका छन्। गजलमा ग्रामीण परिवेशका विम्बलाई गजलकारले सालिन र कलात्मक रूपमा लिपिबद्ध गरेका छन्।

कोरियोग्राफर गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडियोमा विष्ट र जेविका कार्कीको अभिनय रहेको छ।

हजुर आउनु पधेरीमा, पानी भर्न आउँछु

पानी भर्ने निहुँ गरी नजर पर्न आउँछु ।।

चुरा दिनु, पोते, दिनु दिनु सिन्दुर पनि,

’पो साँझ परेपछि नजिक सर्न आउँछु ।।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.