|

पोखरा : पर्यटकीय राजधानीको नाममा परिचित पोखरामा केही मानव निर्मित वैगुनहरू समेत छन्। यसमध्येको एक पोखरा बसपार्क पनि हो। धेरै सरोकारवाला निकायले बसपार्कका कारण पोखरा भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटकमा पोखराबारे नकरात्मक सन्देश प्रवाह हुने समेत बताउँदै आएका छन। 

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग जनताले यसबारेमा चासो राखेका छन। प्रदेशले सञ्चालनमा ल्याएको हेलो मुख्यमन्त्री कार्यक्रममा फोनमार्फत पोखरा न्यूरोडका भानु पाण्डेले बसपार्क कहिले सुधार हुन्छ ? भनी प्रश्न गरे। बसपार्ककै कारणले पर्यटकमा नकरात्मक सन्देश गएको र बसपार्क व्यवस्थित नहुदा राजमार्गमा बढी भीडभाड भएको भन्दै उनले यसतर्फ मुख्यमन्त्रीको ध्यानाकर्षण गराए।

जवाफमा मुख्यमन्त्री गुरुङले महानगरपालिकाका प्रमुखसँग यसबारेमा छलफल भएको र प्रदेशको सहयोगमा महानगरले यसको सुधार गर्ने जानकारी दिए। 
उनले बसपार्कको जग्गा अव्यवस्थित बसोबासको नाममा अतिक्रमण परेकोले यसमा केही ढिलाई हुनसक्ने समेत बताए। उनले त्यहा रहेका बस्तीको विषयमा आफूहरूले विकल्प सोचिरहेको बताउँदै यसमा प्रदेशको सरकारको चासो रहेको बताए। 

मुख्यमन्त्री गुरुङले बस्ती व्यवस्थित भएपछि संघ सरकारसँग समपुरक अनुदानको बजेट ल्याएर बसपार्क व्यवस्थित गर्न सकिने विकल्प आफूहरूसँग रहेको जानकारी दिए। बुधबारकै कार्यक्रममा मुख्यमन्त्रीलाई बाग्लुङदेखि बुर्तिवाङ जाने मध्यपहाडी लोकमार्गमा काम रोकिए गुनासो गरेका थिए।

बाग्लुङबाट खिमानन्द कंडेलले सो क्षेत्रको २० किलोमिटर निर्माण कार्य रोकिएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा मुख्यमन्त्रीले सम्वन्धित निर्माण कम्पनीसँग आफूले कुरा गर्ने बताएका थिए। 

नवलपुरबाट गोकुल रिमालले मध्यविन्दू जिल्ला अस्पतालको प्रमुखमा नियुक्त गरेको व्यक्ति निजी अस्पताल सञ्चालक भएको भन्दै यसमा यसले स्वास्थ्य सेवा प्रवाहमा प्रभाव पर्न सक्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

मुख्यमन्त्री गुरुङले जवाफमा गुड फेथको आधारमा नियुक्त दिइएको भन्दै केही महिनामा उहाको कामलाई हेर्न आग्रह गरे। १०९४ नम्वरमा फोन गरेको गण्डकी प्रदेशका समास्याका बारेमा मुख्यमन्त्रीसँग जनताले आफ्नो गुनासा र समस्या प्रत्यक्ष सुनाउन सक्नेछन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.