काठमाडौं : केही दिनअघिको अविरल वर्षाले चिसिएको काठमाडौं फेरि तात्न थालेको छ। गर्मीले उपत्यका तातेसँगै सडकमा आवतजावतसँगै कामकाजमा सकस भएको छ।
यद्यपि केही दिनअघि परेको पानीले बढेका खोला नालामा भने पानी सुकेको छैन। त्यस्तै मध्येको एक हो कीर्तिपुरको बल्खु खुला। यो खोलामा शुक्रबार दिउँसो गर्मी छल्न केटाकेटी डुबुल्की मार्दै गरेका भेटिए। उनीहरू गर्मीको यो मौसममा खोलाको चिसो पानीमा पौडिएर रमाइ रहेका देखिन्थे। हेर्नुहोस् कीर्तिपुरमा रहेको बल्खु खोलामा पौडीको मजा लिइरहेका केटाकेटीहरूका केही तस्बिरहरू:
तपाईंको ईमेल गोप्य राखिनेछ ।