|

काठमाडौं : पहाडै पहाड र नदीनालाले घेरिएको नेपालमा एउटा गाउँ र अर्को गाउँ, एउटा जिल्ला र अर्को जिल्ला जोड्ने काम गरिरहेका छन् खोँचमाथि लमतन्न तन्किरहेका झोलुङ्गे पुलले। 

झोलुङ्गे पुल गहिरो खोँच भएको खोलामाथि लगाइन्छ, जसले नेपालमा दूरदराजदेखि सहरका बस्तीबीच मायाको सञ्चार गराइरहेका हुन्छन्। दुवै किनारमा अल्झाइएको फलामे लठ्ठामा झुण्डाएर बनाइने भएकाले यसको नाम झोलुङ्गे पुल भएको हो। 

२०७४ सालमा राजधानीकै तीनथाना र कीर्तिपुर जोड्ने गरी लगाइएको झोलुङ्गेबाट मान्छे मात्रै तर्दैनन् । यो त पर्यटकको आकर्षणको केन्द्र नै भएको छ। सडक विस्तारसँगै पक्की पुल बनेपछि यो पुलमा यात्रु कमै हिँड्छन्। तर यो पुलसँग रमाउँदै राजधानीको दृश्य हेर्नेको घुइँचो यहाँ थामिनसक्नु हुन्छ। खोँचभन्दा धेरैमाथि बनेकाले यो पुल हेर्दै घुम्नेको संख्या बढ्दैछ। 

गहिरो खोँचमाथि बनेको यो पुल क्षेत्रबाट काठमाडौं सहरको दृष्य हेर्न पनि तन्नेरीदेखि बुढापाकासमेत आइपुगेका हुन्छन्। हरेक दिन यहाँ घुम्न आउनेको लर्को नै लागि नै रहेको हुन्छ । 

अन्य बिदा र शनिबार यहाँ ठूलो घुइँचो लाग्छ। यहाँ आउनेको मन भुलाउन पुल नजिकै सानो पार्क पनि बनाइएको छ। अन्य पूर्वाधार निर्माणाधीन अवस्थामा छन्। तर यहाँ अझै पनि पार्किङ तथा होटलको राम्रो सुविधा छैन। यहाँसम्म आइपुग्ने सडक र पार्किङ व्यवस्थित गर्न सके यो रमणीय ठाँउ आन्तरिक पर्यटकका लागि राजधानी नजिकैको गतिलो गन्तब्य हुनसक्थ्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.