|

काठमाडौं : सीमान्तकृत वर्ग, उत्पीडनमा पारिएका मानिसहरूको आवाज नेपाली साहित्यमा लेखिएन। जुन आउन जरूरी छ भन्ने योजनाका साथ नेपाली साहित्यमा सिर्जनाशिल अराजकताको थालनी भएको हो। यसैका एक सदस्य हुन् राजन मुकारुङ। उनै लेखक राजन मुकारुङको कविता कृति 'हाटा जाने अघिल्लो रात' सार्वजनिक भएको छ।

कृतिलाई सामाजिक अभियन्ता कैलाश राई, अभिनेता दयाहाङ राई, पत्रकार तथा लेखक यज्ञश र स्वयं मुकारुङले सार्वजनिक गरेका हुन्। कार्यक्रममा नायक राईले मुकारुङको कविता कृतिबाट एउटा कविता सुनाए। उनले मुकारुङको कविताहरू पढ्नु आफ्ना लागि अवसर रहेको धारणा व्यक्त गरे।

कृतिमाथी बोल्दै अभियन्ता कैलाश राईले राजनका कृति नभएर यो आवाजविहीनहरूको आवाज रहेको धारणा व्यक्त गरिन्। 'कविता पढ्दै जाँदा हरेक पाठकले अधिकांश विषयवस्तु सत्तालाई प्रश्न गरेको जस्तो देखिन्छ।' उनले भनिन्। कविताले सल्वार्टनहरूको पहिचार स्थापित गर्न ठूलो भूमिका खेल्ने पनि उनले बताइन्।

नेपाली समाजमा कविता सबैभन्दा धेरै पढ्ने विधा रहेको पत्रकार यज्ञशले बताए। सबै कविता प्रकाशन गर्नुपर्छ भन्न मान्यता नरहेको पनि उनले बताए। उनी भन्छन्, 'सामाजिक संजालमा पनि कविताको मोह देख्दा नेपाली कविता कमजोर नरहेको पनि धारणा व्यक्त गरे। 'राजन जीका कविताले नेपाली साहित्यको क्षेत्रमा थप कोशेढुङ्गा साबित हुन्छ भन्ने कुरामा म विश्वसत छु' उनले भने।

९ वटा कृति बजारमा ल्याएका मुकारुङको यो पाँचौ कविता कृति हो। उनले दामिनिभिरबाट मदन पुरस्कार प्राप्त गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.