|

बर्दिया : बर्दियाको बाँसगढीनजिक राजमार्ग छेउबाट बेवारिसे अवस्थामा ३ किलो ५० ग्राम यार्सागुम्बा फेला गरेको छ। इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले शनिबार वेलुका बेवारिसे अवस्थामा बाँसगढी नगरपालिक ५ राजमार्ग किनारमा हिमाली जडीबुटी यार्सागुम्बा फेला पारेको हो। 

पूर्वपश्चिम राजमार्ग अन्र्तगत सडकको उत्तरतर्फ झाडीमा प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकमा सिंगो तथा टुक्रा पारी राखिएको ३ किलो ५० ग्राम जडीबुटी यार्सागुम्बा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।

बोराभित्र दुईवटा प्लाष्टिकमा टुक्रा टुक्रा पारी राखिएको ९५० ग्राम र सिंगो २ किलो १०० ग्राम यार्सागुम्वा फेला पारेको र घटनाबारे अनुसन्धान भइरहेको बर्दियाका प्रहरी उपरीक्षक राजेसनाथ बास्तोलाले बताए। यस्तै भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याईएका ६९ बोरा रासायनिक युरिया मलसहित बर्दियाको तीन ठाउँबाट तीन जना पक्राउ परेका छन्।

बर्दिया गुलरिया नगरपालिका ८ का बैजनाथ थारु, बाँसगढी नगरपालिका ७ का मुकेश चौधरी र बढैयाताल गाउँपालिका ६ का रामकृष्ण थारु लाई ६९ बोरा अबैध युरिया मलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.