|

काठमाडौं : प्रविधिको विकासले अहिले सबैको हात हातमा मोबाइल छ। ती मोबाइलमा भएको क्यामेराले हरेक मानिस 'उत्सुक' फोटोग्राफर भएका छन्। आफूले खिचेका फोटो केही सेकेण्डमै इन्टरनेट र सोसल मिडियामार्फत विश्वभर देखाउन सक्ने अवस्था छ।

तर, केही दशकअघि यस्तो अवस्था थिएन। क्यामराबाट खिचिन्थ्यो। क्‍यामरामा रहेको फिल्मलाई डार्करुमा प्रोसेस गरेर  विशेष खालको कागजमा छापिएपछि मात्रै एउटा फोटो तयार हुने गर्दथ्यो। त्यो प्रविधि अहिले विश्वबाट लोप हुँदै गइरहेको छ। 

यही लोप हुँदै गएको फोटो बनाउने प्रविधिलाई जिवन्त पार्न, नेपाल र विश्वकै फोटोग्राफी इतिहास अहिलेको पुस्तालाई जानकारी गराउने उद्देश्यले फाउन्ड्री फिल्म (जो अहिले पनि फिल्म क्यामराबाट खिचेर डार्करुम प्रविधिबाट फोटो बनाउन र यसको प्रवर्द्धन गरिरहेका छन्) ले सिद्धार्थ आर्ट ग्यालरीमा 'लाइफ इन एनालग' नामक फोटो प्रदर्शन गरेको छ।

यो प्रदर्शनीमा पुराना फोटो ग्राफरहरुको संग्रहमा रहेको पुराना फिल्महरुलाई अहिले डार्करुम प्रविधिमा रिप्रिनट गरेर र अहिलेका नयाँ फोटोग्राफरहरुले पुरानै प्रविधिको फिल्म क्यामराबाट खिचेर डार्करुममा बनाइएका फोटोहरु राखिएका छन्। नेपालमा फोटोग्राफीको इतिहास सय वर्षभन्दा बढी भइसकेको छ। यही अविधिका ग्लास प्लेट निगेटिभदेखि अहिलेसम्म खिचिएका फोटोहरुले नेपालमा फोटोग्राफिक इतिहासको परिचय गराउने यो प्रदर्शनले गर्ने आयोजकले लिएको छ।साउन १९ देखि सुरु भएको प्रदर्शनी भदौ ४ सम्म रहेन छ।

प्रदर्शनीमा रहेका केही फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.