|

कञ्चनपुर : सीमानदी महाकालीमा पानीको बहाव बढेपछि विहानैदेखि नेपाल–भारत जोडने वनवसा पुलमा चार पाङ्ग्रे सवारी साधान सञ्चालनमा रोक लगाइएको छ ।

आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकालीमा पानीको बहाव एक लाख १३ हजार क्यूसेक पुगेको छ । पुलमा एक लाख क्यूसेक पानीको बहाव पुगेपछि सवारी साधनमा रोक लाग्दै आएको छ ।

बिहानैदेखि नदीमा पानीको बहाव उच्च भएपछि पुल खुल्न नसकिएको आपतकालीन सञ्चालन केन्द्रका जनकराज पन्तले बताए । पुल नखुल्दा यात्रुका सवारी साधन पुल वारी र पारी लाम लागेर बसेका 

छन। पैदल यात्रु, साइकल र मोटरसाइकल सवारका लागि भने पुल खुला रहेको छ । यसैगरी केन्द्रका अनुसार महाकालीको बहाव दार्चुलाको दतुमा ४ दशमवलव ५० मिटर र डडेल्धुराको परिगाँउमा ४ दशमलव ६२ मिटर छ ।

महेन्द्रनगरका केही बस्ती डुबानमा, पानी घटदै 

बिहान परेको मुसलधारे बर्षाका कारण महेन्द्रनगर बजार क्षेत्रका केही बस्ती डुवानमा परेका छन्। पानी घर भित्र पसेको थियो। पानी पर्न छाडेपछि पानी घट्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उल्टाखाम, खोल्टी, जिमुवा र भुजेला क्षेत्र, जानकीटोल र सालघारीको सुकुम्बासी बस्ती नालामा भरिएको पानीको निकास नहँुदा डुबानमा परेका थिए ।

महेन्द्रनगर क्षेत्रकै एक व्यवसायीको पोल्ट्री फार्ममा पानी पस्दा केही कुखुरा मरेका प्रहरीले जनाएको छ । डुबानका कारण मानवीय तथा भौतिक क्षति भएको खबर अहिलेसम्म नपाइएको प्रहरीले जनाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.