|

कञ्चनपुर : कञ्चनपुर सदरमुका महेन्द्रनगर बजार डुबानमा परेको छ। विहा ३ बजेदेखि परेको मुसलधारे पानीले बजार क्षेत्र डुबानमा परेको हो। 

नगरमा ढल निकास नहुँदा पानी स्थानीय बासिन्दाका घर भित्र पसेको हो। पानी घर भित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्न सामग्री भिजेर नोक्सानी भएको छ। 

पानी पर्ने क्रम रोकिएपछि डुबान क्षेत्रको पानी घटन थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बजार क्षेत्र भएर बग्ने नालाहरु मासेर अबैध रुपमा भौतिक संरचना निर्माण हुन थालेपछि बजार क्षेत्र डुबानमा पर्न थालेको छ।  

यो पनि : महाकालीमा पानीको बहाव बढ्यो, पुलमा चार पाङ्ग्रे सवारीलाई रोक 

महेन्द्रनगर बजार क्षेत्र संगै उल्टाखाम,खोल्टी, जिमुवा र भुजेला क्षेत्र, जानकीटोल र सालघारीको सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीको भनाई रहेको छ। डुबानका कारण भएको क्षतिको विवरण भने अहिले सम्म प्राप्त हुन सकेको छैन।

डुबान क्षेत्रको अनुगमन सुरु 

भीमदत्त नगरपालिकाको डुबानमा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरिएको छ। भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख प्रमानन्द जोशीको नेतृत्वमा वडा जनप्रतिनिधि सहित कार्यालयका कर्मचारी अनुगमन निस्किएका छन। विहानैदेखि महेन्द्रनगर बजार, बागबानी, भगतपुर, भाँसी, सालघारी, बागफाँटा लगायतका क्षेत्रमा अनुगमन गरिएको छ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले कार्य वाहक नगर प्रमुख जोशीको नेतत्वमा डुबानमा परेको वस्तीको स्थलगत अनुगमन सुरु गरिएको बताए।

‘विहानदैखि अनुगनमा छौँ, अहिलेसम्म बजार, भगतपुर, सालघारी, बागबानी, भाँसी लगायतका क्षेत्रमा अनुगमन गरिएको छ’ नगर प्रवक्ता पाण्डेयले भने।

मंगलबार विहान ३ः०० बजेदेखि परेको अविरल वर्षापछि महेन्द्रनगर बजार सहितका वस्ती डुबानमा परेका छन। अनुगमन टोलीका अनुसार वर्षापछि भीमदत्त नगरपालिका भाँसीमा खोला नजिक एक घर धसिएको छ।

नपा १८ बागबानीमा राधाकृष्ण मन्दिर पछाडि १२ घर डुबानमा परेका छ। यसैगरी सालघारी क्षेत्रका अधिकाँश घर डुबानमा परेको नगर प्रवक्ता पाण्डेयले जानकारी दिए।

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.