अर्थ : बैं‌किङ

हल्दीबारीमा सन्‍राइज बैंकको ३८ औं शाखारहित बैंकिङ सेवा
SHARES

साउन २१, २०७६

    काठमाडौं : सन्‍राइज बैंक लिमिटेडले झापाको हल्दीबारी गाउँपालिका २ मा ३८औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।

    हल्दीबारी गाउँपालिकाको अध्यक्ष, रवीन्द्र लिङदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले एक समारोहकाबीच हल्दीबारीमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे। सो समारोहमा हल्दीबारी गाउँपालिकाको अध्यक्ष लिङदेनले शाखारहित बैंकिङ सेवाको एजेन्ट/प्रतिनिधि सर्वधन तामाङलाई पोइन्ट अफ सेल मेशिन हस्तान्तरण गरे।

    हालसम्म सन्‍राइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]