|

काठमाडौं : निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको बालुवाटारस्थित कार्यालयमा बुधबार भीषण आगलागी भएको छ। मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। 

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसुको कार्यालयमा आगलागी भएको जानकारी दिए। उनका अनुसार कार्यालय परिसरमा राखिएको पेट्रोलबाट आगो फैलिएको हो । 

यो आगलागीबाट मानवीय क्षति भने भएको छैन। भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा करिब ४० कर्मचारी कार्यरत थिए।

यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन्। आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगेका थिए। करिब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.