|

काठमाडौं : चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै उत्साहित देखिएका वाणिज्य बैंक राष्ट्र बैंकले चाल्दै गरेको कदमबाट भने निरुत्साहित भएको प्रतिक्रिया दिएका छन्। स्रप्रेडदर गणनाविधि परिवर्तन गर्ने, दर घटाउने तथा पुँजीकोषको अनुपात बढाउनेलगायतका निर्णय राष्ट्र बैंकले लिई निर्देशन जारी गरेपछि बैंकहरूले नाफामा ठूलो असर पर्ने भन्दै  पुनर्विचारसम्मको प्रतिक्रिया दिएका छन्।

बुधबार बसेको बैंकर्स संघको बैठकले स्प्रेडदर गणना विधिबारे पुनर्विचार गर्न राष्ट्र बैंकलाई आग्रह गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७२ मार्फत स्प्रेडदर गणना विधि परिवर्तन गरेको थियो। बैंठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले स्प्रेडको सूत्र परिवर्तनपछि बैंकहरूको आम्दानीमा २२ देखि २४ अर्ब रुपैयाँको फरक पर्ने निष्कर्ष निकालेको छ।

राष्ट्र बैंकले बैंकले काउन्टर साइक्लिकल  २ प्रतिशत लगाएर पुँजी कोषको अनुपात ११ प्रतिशबाट १३ प्रतिशत पुर्‍याएको छ। यी विधिबाट बैंकको आम्दानी घट्ने बैंकर्सको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.