|
फाइल फोटो

सप्तरी : कृष्णसवरण गाउँपालिका ३ हरिहरपुरकी १९ वर्षीया विवाहित महिलाको हत्या भएको माइती पक्षले आरोप लगाएको छ।

स्थानीय दिनेश यादवकी पत्नी रञ्जुदेवी यादवको १७ दिनअघि साउन ५ गते शंकास्पद अवस्थामा मृत्यु भएको विषयमा माइती पक्षले हत्याको किटानी जाहेरी एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकका दाजु रामसेवक यादवले हत्या भएको किटानी जाहेरी दिएपछि स्थानीय महेन्द्र यादवकी पत्नी ४५ वर्षीया लिलादेवी यादवलाई पक्राउ गरिएको हो।

पक्राउ गरिएकी यादवलाई मंगलबार थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ। लिलादेवी र मृतकको नाता सम्बन्धको विषयमा भने प्रहरीले केही खुलाएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.