|

डडेल्धुरा । सञ्चारकर्मी एवं गायक जनक ताम्राकारले ‘लाउँदिन’ बोलको नयाँ गीत बजारमा ल्याएका छन्। उनले बुधबार आफ्नै यूट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन्।

यो गीतमा जनक एक्लैले स्वर दिएका छन्। उक्त गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन्। नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिँदै आएका ताम्राकार बन्धुले यस गीतमा पनि डोटेली र नेपाली शब्द संगीतको समीश्रण गरेको पाइन्छ। यो गीत झट्टै सुन्दा क्लासिक फिल र फरक रिदम पक्रेको देखिन्छ।

यस गीतलाई शैलेन्द्र एम प्रधानले एरेन्ज गरेका छन् भने बिजु कर्माचार्यले मिक्स मास्टर गरेका हुन्। उक्त गीतको म्यूजिक भिडियोमा जनक र मनिता गहतराजको अभिनय रहेको छ। यस गीतको छायाकंन तथा सम्पादन प्रकाश जोन तामाङले गरेका छन्।

डडेल्धुराको अमरगढी–६ दुमडामा जन्मेका जनक अहिले सञ्चारकर्मसँगै गीत संगीत क्षेत्रमै आफ्नो भविष्य खोजिरहेका छन्। जुनकिरी, ठेगाना भेटियो, काफल खान्या कुइयाँ, लौलौ सररर बोलका गीत बजारमा ल्याइसकेका छन्।

विगतमा बजारमा ल्याएका गीतलाई दर्शक, स्रोताले मनपराएकाले यो नयाँ गीतलाई पनि स्रोताले उत्तिकै माया गर्ने अपेक्षा लिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.