|

काठमाडौं : तीनकुनेको खाली जग्गामा बुद्धपार्क बनाउने भनेर काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष योजना ल्याउँछ, केही रकम खर्च गर्छ तर पार्क कहिले बन्ने हो कसैलाई केही पत्तो छैन। बुद्धपार्क बनाउन महानगरपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ मा तीनकुनेका लागि नयाँ योजना ल्याएको छ।

पार्क निर्माणका लागि महानगरपालिकाले २ करोड बजेट पनि छुट्याएको पनि छ। तर, सञ्‍चारमाध्यमहरूमा हल्ला चलेजस्तो अहिलेसम्म त्यहाँ पार्क बन्ने कुनै लक्षण वा संकेत  देखिँदैन। 

पार्क बनाउने भनिएको यहाँको जमिनमा कतै झार र घाँसले भरिएको छ भने पानीका बोतलहरू तथा विभिन्न फोहोरहरू यत्रतत्र देख्‍न सकिन्छ। खाली स्थानमा युवाहरू विभिन्‍न खेलकुदमा रमाइरहेका देख्‍न सकिन्छ। यहाँको खाली ठाउँमा अहिले खेल मैदान भएको छ। 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.