|

ब्राजिलका युवा स्टार ग्राबियल जेससलाई अन्तराष्ट्रिय फुटबलमा दुई महिनाको प्रतिबन्ध लागेको छ। म्यानचेस्टर सिटीका फरवार्ड जेससलाई दक्षिण अमेरिकी फुटबल महासंघले कारबाही गरेको हो।

कोपा अमेरिकाको फाइनलमा खेल भावनाविपरीत कार्य गरेको भन्दै उनलाई प्रतिबन्ध गरिएको हो। पेरुविरुद्धको फाइनलमा जेससले दुई पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए। रेफ्रीले रातो कार्ड देखाएपछि जेससले मैदानमा रेफ्रीसँग विवाद गरेका थिए। यस्तै, मैदान बाहिर उनले असभ्य व्यवहार देखाएका थिए। उनले बाहिरिने क्रममा पानीको बोतललाई लात्तीले हिर्काएका थिए भने असभ्य बोल्दै बाहिरिएका थिए।

फाइनलमा जेससले एक गोल गरेका थिए। पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि जितेको थियो। उनलाई दुई महिनाको प्रतिबन्ध सँगै २५ हजार पाउण्ड जरिवाना समेत गरिएको छ। प्रतिबन्धपछि जेससले आगामी महिना हुने पेरु र कोलम्बियाबीचको खेल गुमाउने भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.