सिन्धुली : आइतबार सुनकोशी गाउँपालिका-१ को खैरेनीघाटस्थित सुनकोशी नदी किनारमा भएको पुल उद्घाटन कार्यक्रममा भेटिएका रामेछापको खाडादेवी गाउँपालिका–१ का चन्द्र श्रेष्ठ निकै हर्षित मुद्रामा देखिन्थे।
करिव ११ वर्षपछि सुनकोशी नदीस्थित सिन्धुली –रामेछाप जोड्ने पक्की पुल बनेपछि उनी खुसी भएका हुन्। सुनकोशी नदीमा पुल नहुदाँ जोखिम मोलेर ट्यू, र्याप्टीङको सहायतामा नदी तर्दै आएका श्रेष्ठ ११ बर्षपछि पुर्णरुपमा पुलबनेपछि अव दुखका दिन गएको बताउछन्।‘सुनकोशी नदी तपाईहरुले देख्नुभएकै छ। पुल नहुदाँ हाम्रो नाजुक स्थिति थियो। हामी मर्ने बाच्ने थाहा नभई जोखिम मोलेर ट्यू, र्याप्टीङको सहायतामा नदी तर्ने गर्थ्यौँ। बल्ल पुल बन्यो अहिले सहज भएको छ।’ उनले भने।
रामेछापको खाडादेवी गाउपालिका र सिन्धुलीको सुनकोशी गाउपालिका जोड्ने खैरेनीघाट पुल निर्माणका लागी २०६६ साल असार ३० गते श्री कन्काई÷लामा÷ खम्पाचे जे.भीले सम्झौता गरेको थियो।
निर्माणका लागी सम्झौता भएको करिव ११ बर्ष पुग्नै लाग्दा बल्ल पुल निर्माण सम्पन्न भएको छ। उक्त पुलको आईतवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।
भ्याट बाहेक कुल ७ करोड ६८ लाख ९९ हजार ५२० रुपैया लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ९० दशमलब ३० मिटर रहेको छ। विस २०७४ साल असार ३० गते निर्माण सम्पन्न गर्नुपर्ने पुल दुई बर्ष पछि बल्ल निर्माण सम्पन्न भएको हो।
पुल नबन्दा रामेछापको खाडादेवी, सुनापाती र दोरम्बा गाउपालिकाका स्थानिय मर्कामा पर्दै आएका थिए। खाडादेवी गाउपालिका– १ राकाथुमका लोकराज घिसिङ पुल बनेपछि कोही विरामी भईहाले भनेपनि उपचारका लागी काठमाडौं लैजान सहज भएको सुनाउँछन्।‘पुल नहुदाँसारै समस्या थियो। विरामी हुदाँ पनि रामेछाप सदरमुकाम घुमिर काठमाडौं जानुपथ्र्यो। गाउँमा उत्पादन भएका कृषिजन्य बस्तु पनि विक्रीका लागि कतै लैजान सकिन्न थियो। तर अहिले पुल बनेपछि दुई तिन घण्टामा काठमाडौं जान सक्छौं।’ उनले भने।
पुल बनेपछि खाडादेवी गाउँपालिका– १ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ पनि निक्कै खुसी छन्। पुल निर्माण भएपछि विपी राजमार्गसँगै रामेछापको पश्चिमी भेग र काठमाडौंलाई छोटो दुरीमा जोडेको उनले बताए।
पुल बनेपछि रामेछापको शैलुङ, खाडादेवी, दोरम्बाको पर्यटन विकास मा टेवा पुग्ने रामेछापका प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठले बताए। पुलले खाडादेवी, दोरम्बा र सुनापतीको परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्ने ३ नं. प्रदेश सरकारका आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।