|

साहित्य सन्ध्या सम्मान तथा पुरस्कार पाँच व्यक्तित्वलाई सम्मानित गरिने भएको छ। साहित्य सन्ध्याले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो।

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान २०७५’ बाट यस वर्ष झापामा रहेर नेपाली साहित्यको सेवा गर्दै आएका चन्द्र भण्डारीलाई प्रदान गर्ने निर्णय भएको छ। उक्त पुरस्कार तथा सम्मानको राशि १५ हजार रहेको छ।

त्यसैगरी, यस वर्षको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’बाट वैचारिक नेतृत्वकर्ता एवं शिक्षासेवी, फुटुङ मावि काठमाडौंका वरिष्ठ प्रधानाध्यापक विष्णुप्रसाद पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ। उक्त पुरस्कारको राशि १० हजार रहेको छ।

यस वर्षको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’बाट दाङमा रहेर मातृशिशु स्वास्थ्यका क्षेत्रमा विशिष्ट योगदान गर्ने वसन्ता शर्मा आचार्यलाई सम्मानित गर्ने निर्णय भएको छ। उक्त पुरस्कारको राशि १० हजार रहेको छ।

त्यस्तै, साहित्य सन्ध्याले वर्षभरिमा हरेक महिनाको पहिलो शनिबार सम्पन्न गरेका विशेष गोष्ठी गोष्ठीमध्ये दसवटामा सहभागी हुने स्रष्टालाई सम्मानपत्रसहित पाँच हजार राशिको परस्कार दिने व्यवस्थाबमोजिम यस वर्ष लाजिम्पाट, काठमाडौंका मुकुन्द न्यौपानेलाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने निर्णय भएको छ।

त्यसैगरी, यस वर्षको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’बाट साहित्यकार, नियात्रारकार अच्युत घिमिरलाई सम्मानित गर्ने निर्णय भएको छ। उक्त पुरस्कार तथा सम्मानको राशि १० हजार रहेको छ।

सबै पुरस्कार भदौ ७ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचन कक्षमा वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. मोदनाथ प्रश्रितको प्रमुख आतिथ्य र प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको विशिष्ट आतिथ्यमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिने अध्यक्ष साहित्य सन्ध्याका अध्यक्ष राम विनयले बताए। उनका अनुसार साहित्य सन्ध्याले विगत ३३ वर्षदेखि नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्दै आएका विशिष्ट साधकलाई पुरस्कार तथा सम्मान गर्दै आएको छ।            

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.