|

क्यानडामा जारी ग्लोबल टि–ट्वेन्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम टोरन्टो नेश्नल प्रतियोगिताबाट बाहिरिएको छ। 

आज विहान भएको इलिमिनेटर खेलमा सोमपाल कामी आवद्ध विन्नपेग होक्ससँग २ रनले पराजित हुँदै टोरन्टो प्रतियोगिताबाट बाहिरिएको हो। टोरन्टोले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७ दशमलब १ ओभरमा २ सय १ रन बनाउँदा खेल अवरुद्ध बन्यो। खेल अघि बढाउन सक्ने अवस्था नभएपछि  डकवर्थ लुईस नियमका आधारमा होक्स २ रनले बिजयी भएको हो।

यो खेलमा पूरा चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर दुई विकेट लिए। सन्दीपले टोरन्टोको टिममा स्थान बनाउँदा अर्का नेपाली बलर सोमपाल भने होक्सको टिममा अटाउन सकेनन्। होक्सको जितमा जेपी डुमिनीले ४१ बलमा नटआउट ८५ रनको योगदान दिए। 

पहिला ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो। हेनरिक क्लासेनले नटआउट १ सय ६ रन बनाए। रोड्रिगो थोमसले ७३ रन जोडे। अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा हक्सले ब्राम्पटन उल्भ्ससँग प्रतिष्पर्धा गर्नेछ। उल्भ्स गएराति भएको पहिलो क्वालिफायरमा भ्यानकुभर नाइट्ससँग ७७ रनले पराजित भएको थियो। भ्यानकुभर नाइट्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.