|

काठमाडौं : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग स्पष्टिकरण मागेको छ। प्राधिकरणका सिइओ ज्ञवालीले बिहीबार विज्ञप्ति निकालेर 'यथासमयमा यथार्थ स्पष्टीकरण प्रस्तुत गर्ने जनाएका छन्।

'भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, पीडितहरुलाई रकम वितरण तथा यसका लागि काम गर्नुपर्ने निकायहरुलाई क्रियाशील तुल्याउने लगायतका कार्यहरु अघि बढिरहेको समयमा नेपाल सरकारको तर्फबाट मैले सम्पादन गरेको कार्य बारे स्पष्टिकरण माग गरिएको सम्बन्धमा उठेका सार्वजनिक जिज्ञासाका सम्बन्धमा यो प्रेस नोट जारी गरिएको छ', ज्ञवालीले लेखेका छन्, 'पत्रमा उठाइएका विषयवस्तुहरुका सम्बन्धमा यथार्थ स्पष्टिकरण यथासमयमा प्रस्तुत हुने नै छ।'

स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएको बताउँदै ज्ञवालीले 'वस्तुस्थितिको यथार्थ चित्रण सहित पेश गरिने स्पष्टिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्ने' अपेक्षा गरेको ज्ञवालीले जनाएका छन्।

पढ्नुस् ज्ञवालीको अन्तर्वार्ताः मेरो पद जोगिन्छ कि जान्छ, सोच्ने फुर्सद पाएको छैनः सुशील ज्ञवाली

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • भूकम्पपिडित जाे पुन निर्माण प्राधिकरणले पठाएका इन्जिनियरले गरेका सर्वेमा लापरवाहिका कारण नाम सुचिमा नाम छुटेका भूकम्पपिडितहरुकाे कुरा प्राधिकरण र सरकार किन सुनवाइ गर्दैन?गुनासाेकाे नाममा पिडितलाइ गुमराहमा राख्नु सरकारकाे कर्तब्य हाेर?