|

इंग्लिस प्रिमियर लीगको नयाँ सिजन आजबाट सूरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको उपविजेता रहेको लिभरपुलले नर्विच सिटीसँग प्रतिष्पर्धा गर्दै छ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलमा यो पटक पनि अघिल्लो सिजन जस्तै उत्कृष्ट प्रदर्शनको पखाईमा लिभरपुल रहेको छ। त्यसोत अघिल्लो सिजन अन्तिम खेलमा प्रिमियर लीगको उपाधि विजेता तय भएको थियो। यो पटकपनि कम्तीमा लिभरपुल आफ्नो शतप्रतिसत प्रयासलाई जारी राख्ने ध्याउनमा हुने छ।

लिगमा लिभरपुलले नवप्रवेशी नर्विचलाई घरेलु मैदानमा अतिथ्यता प्रदान गर्दा केहि संयमित हुने छ। प्रिमियर लिग बढुवा हुँदा नर्विचले शानदार प्रदर्शन गरेकालेपनि कम्तीमा पहिलो खेलमानै लिभरपुल रिक्स लिने जोखिम उठाउने छैन्।  लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको उपाधिमा चुनौती थप्न आफु तयार रहेको बताएका छन्।

लिभरपुल गत सिजन एक अंकले पछि रहँदे उपाधि म्यानचेष्टर सिटीलाई सुम्पिन बाध्य भएको थियो। यद्यपी उसले च्याम्पियन्स लीगमा टोटेनहमलाई हराएर आफ्नो  ऐतिहासिक सिजनको अन्त गरेको थियो। क्लोपसले गतवर्ष आफ्नो लागि एतिहासिक रहेको भन्दै अब सोहि छविलाई कायम राख्नु मुख्य चुनौती हुने बताए। लिभरपुलका फरवार्ड साडियो माने प्रि सिजनमा उपलब्ध नभएपनि नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रनेछन् । जेम्स मिल्नरले चोटका कारण कम्युनिटी शिल्डको खेल गुमाएपनि अब मैदान फर्कने अबस्थामा रहेका छन्।

तर नर्विचलाई भने खेलाडीको चोटले सताएको छ । उसका डिफेन्डर टिम क्लोस र क्रिस्टोफ जिमरमन तथा मिडफिल्डर एलेक्स टेटी र लुइस थाम्पसनले सिजनको पहिलो खेलमा गुमाउनेछन्। त्यसैले उसको ध्यान लिभरपुललाई एनफिल्डमा रोक्ने हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.