काठमाडौं : लिम्बु भाषाको चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक भएको छ। ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित ‘थेत्लङ’को निर्देशन किशोर सुब्बाले गरेका छन्।
भारतको सिक्किम राज्यको विश्वविद्यालयको लिम्बु भाषाको पाठ्यक्रममा रहेको उपन्यास थेत्लङलाई चलचित्र बनाइएको हो। उपन्यासका लेखक देउमान होन्दाक हुन्।
चलचित्रमा विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बु, शान्ति लिम्बु, मुनाहाङ लिम्बु, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बु, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङको प्रमुख भूमिका रहेको छ।
मनि ताम्लिङ र विराज लिम्बू निर्माता रहेको चलचित्रमा कुल्वा सुब्बा, पविन आङ्देम्बे र यादन सेर्माको संगीत रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।