समाज : सुरक्षा/अपराध

उपत्यकामा अपराध बढ्यो, देशभर घट्यो
SHARES

साउन २४, २०७६

    काठमाडौं : उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको संख्यामा वृद्धि भएको छ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा अपराधको संख्यामा वृद्धि भएको हो। उपत्यकाअन्तर्गत काठमाडौं  भक्तपुर र ललितपुरमा आव २०७४/०७५ मा आठ हजार ३८५ मुद्दा दर्ता भएकामा आव २०७५/०७६ मा उक्त संख्या बढेर १० हजार १५९ मुद्दा दर्ता भएको थियो। यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढी हो। 

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बढ्दो जनसंख्या र प्रहरीको सक्रियतासँगै उपत्यकामा अपराधको संख्या बढेको बतााउछन्। 'आव २०७५/०७६ मा काठमाडौंमा आठ हजार ४६०, भक्तपुरमा ६७९ र ललितपुरमा एक हजार २० मुद्दा दर्ता भएको थियो।' ज्ञावालीले भने। मुलुकको राजधानी काठमाडौं उपत्यकामा देशभरका मानिस आएर बसोबास गर्ने ठाउँ भएकाले पनि यहाँ धेरै अपराध हुने गरेको उनको भनाइ छ। 

    नेपाल प्रहरीले उपत्यकामा हुने अपराधलाई पत्ता लगाउन मुख्य त सिसिटिभीमार्फत अपराधी पत्ता लगाउँदै आएको छ। महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौंमा १५, भक्तपुरमा तीन र ललितपुरमा तीन प्रहरी कार्यालयबाट मुद्दा चलाउने व्यवस्था गरिएको छ। उपत्यकाको सुरक्षाका लागि नेपाल प्रहरीले झण्डै १२ हजार जनशक्ति खटाएको छ। 

    मुलुकभर अपराध घट्यो 

    काठमाडौं उपत्यकामा विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा अपराधको संख्यामा वृद्धि भएपनि देशभर भने अपराधको संख्यामा कमी आएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७४/०७५ मा ३९ हजार ३१५ अपराधका मुद्दा दर्ता भएकामा आव २०७५/०७६ मा उक्त संख्या घटेर ३८ हजार ३८९ मुद्दा दर्ता भएको थियो।

    प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै देशभर अपराधको घटनामा कमी आएको बताउँछन्। 'प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि अपराधका घटनामा कमी आएको छ' प्रवक्ता पोखरेलले भने।

    देशभर ७५ हजारको हाराहारीमा प्रहरी कर्मचारीले सुरक्षा प्रदान गर्दै आइरहेका छन्। जिल्लामा भने जिल्ला प्रहरी कार्यालयमार्फत मुद्दा चल्ने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]