|

नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले शुक्रबार सफाई दिएको छ।

‘ब्राजिलीयाली प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएकाले उहाँलाई सफाई दिइएको छ’, नेयमारको मुद्दा हेरेका ब्राजिलका न्यायाधीशलाई उद्धृत गर्दै अदालत स्रोतले बताएको छ।

प्रहरीले आरोपमा सत्यता नभेटिएको भन्दै नेयमारमाथि मुद्दा चलाउन इन्कार गरेको करिब एक महिनासम्म ब्राजिलियाली अभियोजनकर्ताहरूले मुद्दालाई अनुसन्धान गरेका थिए। अभियोजनकर्ताले मुद्दालाई पुष्टि गर्ने आधार नभेटिएकाले ब्राजिलको फुटबले सुपरस्टारलाई निर्दोष सिफारिस गर्न अदालतलाई सुझाब दिएका थिए।

ब्राजिलकी एक महिलाले आफूलाई पेरिसस्थित एक होटेलमा गत मे महिनामा बलात्कार गरेको आरोप लगाएकी थिइन् तर नेयमारले उक्त भनाइमा कुनै सत्यता नरहेको बताउँदै आएका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.