इपिएलमा नयाँ नियम लागू

|

युरोपियन फुटबलको प्रतिष्ठित लिग इंग्लिस प्रिमियर लिग (इपिएल) शुरु शुक्रबारबाट भएको छ। इपिएलमा २० टिमले भाग लिएका छन्। यो आगामी १७ मेसम्म चल्ने छ। जहाँ ३८० खेल हुने छन्। हरेक टिमले २ खेल खेल्ने छन्। एक होम र अर्को अवेमा प्रतिष्पर्धा गर्ने छन्। लगातार दुईपटक डिफेन्डिङ च्याम्पियनका रूपमा म्यानचेस्टर सिटी रहेको छ। उसले शनिबार वेस्टह्यामविरुद्ध खेल्दै यो सिजनको सुरुवात गर्दे छ।

शनिबार कुल ६ खेल हुने छन्। यो प्रतियोगिताको पुरस्कार राशि ३४ हजार २०८ करोड रहेको छ। टिमले  ब्रोडकास्टिङ राइट्स, बोनस, गेटमनिबापतको रकम पनि छुट्टै पाउने गरेका छन्। यो पटक समर ट्रान्सफर विन्डोमा इंग्ल्यान्डका क्लबले खेलाडी खरीदमा १९.२ हजार करोड नगद खर्च गरेका छन्। यो पछिल्लो १६ वर्षमा भएको दोस्रो ठूलो खेलाडीमा खर्च गरिएको कुल रकम हो। यसअघि २०१७ मा इंग्लिस क्लबले सर्वाधिक १९ हजार ६१६ करोड खर्च गरेका थिए।

आर्सनलले खर्चियो सबैभन्दा बढी

लगातार चौँथो वर्ष प्रिमियर लिगका क्लबले १२० करोड डलरभन्दा बढी खर्च गरे। यो सिजन सर्वाधिक बढी २ सय १३९ करोड रुपैयाँ आर्सनलले खर्च गरको छ। बिहीबार ट्रान्सफर विन्डोको अन्तिम दिन क्लबहरूले २३३१ करोड खर्च गर्दे १७ खेलाडी खरिद गरे। समर ट्रान्सफर विन्डो मेमा सुरु भएको थियो। यो पटक क्बलले १०१ खेलाडी आफ्नो क्लबमा भित्राए। २० मेमा ११ क्लबले आफ्नो खर्चको रेकर्ड तोडेका थिए।

ला लिगा सर्वाधिक खर्चिलो लिग बन्न सक्ने

स्पेनिस लिग ला लिगा सर्वाधिक बढी खर्च गर्ने लिग बन्न सक्ने छ। ला लिगाबाहेक अन्यको ट्रान्सफर विन्डो २ सेप्टेम्बरसम्म रहेको छ। ला लिगामा अहिले सम्म १५२०० करोड खर्च गरेको छ। जुन प्रिमियर लिगको तुलनामा ४ हजार करोड कम हो। यद्यपि अझै ला लिगाको  खेलाडी ट्रान्सफर समय २२ दिन बाँकी छ। त्यसैले सर्वाधिक खर्चिलो बन्ने संभावना कायम छ। त्यस्तै, इटालीको सlरी एमा १२ हजार ७९३ करोड खर्च हुँदा जर्मन बुन्डेस लिगाका क्लबले ८२७२ करोड रुपैंया खर्च गरे। त्यस्तै फ्रेन्च लिग वानमा ५१२० करोड खर्च गरको छ।

इपिएलमा नयाँ नियम लागू

खेलका दौरान कोचले गलत हर्कत गरेको पाइएमा उनलाई सिधै पहेँलो कार्ड दिन सकिने छ। गत साता कम्युनिटी शिल्डका दौरान सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई पहिलो पटक पहेँलो कार्ड देखाइयो।

इंग्ल्यान्डको टप लिगमा पहिलो पटक भिएआरको प्रयोग गर्न लागिएको छ।

फ्रिकिकका दौरान गोल प्रहार गर्ने टिमका खेलाडीहरूले विपक्षीले बनाएको डिफेंसिव वालमा बस्न पाउने छैनन्।

हेन्डबलको नियम पनि बदलिएको छ। अब अन्जानमा पनि हातमा बल लागेको खण्डमा ह्यान्डबल मानिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.