|

रुकुम : वर्षाले गर्दा यतिबेला रुकुमपूर्व र पशिचमका सडकहरु हिलाम्य हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्य हुने रुकुमका सडकहरुको यो वर्ष पनि हालत उस्तै छ।

वर्षेनी हुने यस्तो समस्याका कारण केही सडकहरु अवरुद्ध छन् भने केही जोखिमपुर्ण तरिकाले संचालन भइरहेका छन। ग्रामीण र कच्ची सडकहरुको मात्र होइन दाङ, सल्यान र रुकुम जोड्ने राप्ती लोकमार्गको हालत पनि बेहाल छ। रुकुम र सल्यानको सीमा क्षेत्र खौलादेखि मुसिकोट सम्मको ठाउँठाउँमा सडक बिग्रिएको स्थानीय रोवर्ट परियारले बताए।

देशमा तीन तहको सरकार भएको अवस्थामा मुख्य सडकको रूपमा रहेको राप्ती लोकमार्गको हालत यस्तो हुनु समग्र रुकुमको बदनामीको बिषय पनि भएको उनको छ। यस क्षेत्रको सडक बेलाबेला मर्मत गरिने भए पनि गुणस्तरीय हुने सकेको छैन भने सडकमाथिबाट नाली निर्माण तथा समयमै पहिरो नपन्छाउदा सडक नै खोला जस्तो पानी बग्ने भएका छन्।

यस सडक मर्मतको जिम्मा सडक बिभागको रहेको हुँदा सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीय यातायात व्यवसायी सुनिल पुनको भनाइ छ। रुकुमका गाउँगाउँमा नयाँ सडक निर्माण गर्नमा बर्षेणी ठुलो रकम खर्च भैरहेको छ। जिल्लाका अधिकांस वडाहरुमा सडक पुगिसकेको छ तर बर्षातको समयमा अधिकांस सडकहरुमा गाडि गुड्ने अवस्था छैन।

यातायात व्यवसायीहरुले जोखिमपुर्ण तरिकाले गाडि संचालन गर्नुपर्दा बेला बेला दुर्घटना भएर धनजनको क्षति हुने हुने भएको छ भने बिग्रेको बाटोमा गाडी गुडाउँदा बेलाबेला गाडी मर्मत गर्नुपर्ने अवस्था आउने गरेको यातायात व्यवसायीहरुले गुनासो गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.