|

सिन्धुपाल्चोक : बलेफी गाउँपालिका ६ मांखाका स्थानीय बँदेल आतंकले चिन्तित भएका छन्। बँदेलले लगाएको अन्नबाली सबै सखाफ पार्न थालेपछि स्थानीय चिन्तित भएका हुन्। मध्य रातको समयमा बदेलले खेतबारीमा लगाएको अन्नबाली खान थालेपछि समस्या बढेको स्थानीय पूर्णबहादुर तामाङले बताए। 

‘बेलुकाको खाना खाएपछि रातभरि हामी पालैपालो बारीमा जागराम बस्ने गरेका छौँ', तामाङले भने, ‘लगाएको अन्न सबै जंगली वन्यजन्तुले खाएपछि गुजारामै समस्या पर्नेछ। त्यसैले दिनभरको कामको थकाई नभनी रातभर बारीमै जागा बस्ने गरेका छौँ।’

करिब १५० घरधुरीभन्दा धेरैकाे बसोवास हुँदै आएको ठाउँमा जंगली जनावरको आतंकबाट बसाई सर्न पर्ने अवस्था सिर्जना भएको गुनासो पोखे। वन्यजन्तुबाट उत्पादन जोगाउन नसकेपछि करिब एक हजार रोपनी खेतीयोग्य जमिन बाजो बस्ने अवस्थामा पुगेको छ। करिब एक दशक यताबाट यस क्षेत्रमा बँदेल, बाँदरलगायतको वन्यजन्तुले किसानले लगाएको बाली सखाप पार्दै आएको अर्का स्थानीय फुलकाजी तामाङले जनाए। 

वन्यजन्तुले दुःख दिन थालेपछि आफूहरूले स्थानीय तह र सरकारी निकायमा खबर गर्दा समेत वेवास्ता गरेको बताए। समस्या लिएर पटकपटक वडा कार्यलाय र गाउँपालिका कार्यालाय जाँदा समस्याको समाधानको विकल्प नखोजेको आरोप लगाए। 

पछिल्लो समय राष्ट्रिय समस्याको रुपमा देखा परेको हुनाले यसको विषयमा पालिकाले व्यवस्थापनको विशेष योजना बनाउन लागेको बलेफी गाउँपालिकाको अध्यक्ष केदार क्षत्रीले जानकारी दिए। आधुनिक र प्रविधिमैत्री कृषि उत्पादनबाट आफैँमा आत्मनिर्भर बनाउँने योजना बनाएको बताउँदै यस्ता समस्या समधान गर्न पालिका लागि परेको बताए। 

सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा बाँदर, बँदेल लगायतको जंगली जनावरबाट स्थानीय चिन्तित भएको छन्। केही पालिकाले जंगली जनावर नियन्त्रण गर्नको लागि बजेट समेत विनियोजन गरेका छन्। 

पोखरीमा डुबेर मरे १६ बाँदर

सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका १३ मा एउटै पोखरीमा डुवेर गत मंगलबार १६ वटा बाँदर मरेका छन् भने ९ वटा बाँदरको स्थानीय उद्धार गरेका छन्। 

सिंचाइ ट्यांकीमा डुवेर १६ वटा बाँदरको मृत्यु भएको स्थानीय कूलप्रसाद दाहालले जानकारी दिए। वडाको महाँकालेश्वर मन्दिर छेवैमा रहेको ट्यांकीमा एउटा बाँदर सुरुमा हामफालेको र पछि हूलै बाँधेर हामफालेको उनको भनाई छ। 

सुरुमा एउटा बाँदर आएर ट्यांकी छेउ उभियो र पछि बाँदरको हूल धमाधम हामफालेको स्थानीयले बताए। बाँदरले एकसाथ पोखरीमा हाम फाल्नुलाई कतिले सामुहिक आत्महत्या संज्ञा पनि दिए। जुन घटनाले सिन्धुपाल्चोक मात्रै नभएर देशैभर चर्चा चुलिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.