|

कपिलवस्तु : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्।

गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन्। शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो। आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए। आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ।

राति नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.