|

काठमाडौं :  भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्मका लागि गीत गाएका छन्। केसीले उदय सोताङको हिट गीत ‘हजार जुनीसम्म’ गाएका हुन्। फिल्ममा यसलाई रिएरेञ्ज गरिएको छ।

गीतलाई उदयले नै तयार पारेका हुन्। केही दिन अगाडि आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए। धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफूलाई खुसी बनाएको बताए थिए। फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ।

गीतमा पवन चाम्लिङ ’किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ। आयुषले फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्श्वगायनमा डेब्यु गरेका हुन्। विकासराज आचार्यको निर्देशनमा तयार भइरहेको फिल्म आउँदो साउन ३० मा रिलिज हुँदैछ।

फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरूको अभिनय छ। नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको फिल्मको पटकथा सामीप्यराज तिमिल्सिनाले तयार पारेका हुन्। यसमा उदयराज सोताङ, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ।

कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन्।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.