|

काठमाडौं :  आइएमई नेपाल लिटरचेर  फेस्टिभल (साहित्य महोत्सव) को आठौँ संस्करण आउँदो मंसिर २७ गतेदेखि ३० गतेसम्म पोखरामा सम्पन्न हुने बुकवर्म फाउण्डेसनले जनाएको छ। 

फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि एकसयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिने आयोजकको दावी छ। 

यस वर्ष हुने आठौँ संस्करणको साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवंलोकप्रिय साहित्यकार डा. शशी थरुर, भारतीय प्रसिद्ध गीतकार एवं कवि जाभेद अख्तर, भारतीय अभिनेत्री शबना आज्मीलगायत चर्चित अन्तर्राष्ट्रिय हस्तीहरूका साथै देश विदेशका १५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने छ।

भारतबाट आउन लागेका  को हुन् उनीहरू?

डा. शशी थरुर

भारतीय लोकसभाका सांसद एवं लोकप्रिय साहित्यकार डा. शशी थरुर मानवअधिकारकर्मी एवं पूर्वसंयुक्त राष्ट्रदूत पनि हुन्। २९ वर्ष लामो समय संयुक्त राष्ट्र संघमा कार्यरत रहेका थरुर देश विदेशका चर्चित पत्रपत्रिकाका स्तम्भकार पनि हुन्। उनी विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय पुरस्कारबाट सफल वक्ता, लेखकका रुपमा समेत सम्मानित भइसकेका छन्।


 

जाभेद अख्तर 

जाभेद अख्तर प्रसिद्ध कवि, गीतकार एवं पटकथाकार मात्रै नभएर भारतीय राजनीतिक अभियन्ता हुन्। भारतको लामो समयसम्म ब्लकबस्टर रहेको चलचित्र सोलेका उनी पटकथाकार हुन्। उत्कृष्ट पटकथाका लागि पाँचपटक राष्ट्रिय अवार्ड जितेका जाभेद सन् २००७ मा पद्यम भूषण पाउनुका साथै साहित्य अकादमी अवार्ड समेत जितेका थिए। उनी प्रखर सामाजिक अभियन्ता पनि हुन्। 



शबना आज्मी

लोकप्रिय उर्दू कवि काइफी आज्मी र थिएटर अभिनेत्री साउखत आज्मीको अभिभावकत्वमा हुर्किएकी साबना आज्मीको बाल्यकाल साहित्यिक माहाेलमा बित्यो। भारतको गरिमामय पद्म श्रीद्वारा विभूषित बलिउड अभिनेत्री शबना आज्मीलाई आज सायदै परिचय चाहिन्छ।

पाँचपटक भारतको राष्ट्रिय अवार्ड जितेकी साबना आफ्नो जीवन्त अदाकारिता र कलाकारिताका लागि प्रख्यात छिन्। भारतीय चलचित्रबाहेक उनी सामजिक एवं महिला अधिकारर्मी पनि हुन्। हाल उनी संयुक्त राष्ट्र जनसंख्खा कोष (युएनपीएफए) की राजदूत पनि हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.