भारतले कश्मीरको विशेष दर्जा खोसेसँगै भारत-पाकिस्तानको सम्बन्ध दिनदिनै तिक्त बन्दै गएको छ।
पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्ध सीमित बनाएको छ भने दुईपक्षीय व्यापारिक सम्बन्ध पनि तोडेको छ।
पाकिस्तान-भारतबीच चल्ने सम्झौता एक्सप्रेस पनि बन्द गरेको थियो। त्यसको जवाफमा भारतले पनि सम्झौता एक्सप्रेस पूर्णतः बन्द गरेको छ।
भारतको उत्तर रेलवेका जनसम्पर्क अधिकारी दीपक कुमारले पाकिस्तानसँग चल्ने सम्झौता एक्सप्रेस पूर्णतः बन्द गरिएको जानकारी दिएका हुन्।
दीपकले भनेका छन्, ‘पाकिस्तानले लाहौर र अटारीबीच चल्ने एक्सप्रेसको रद्द गर्ने निर्णय लिएको थियो। जसको परिणामस्वरुप दिल्ली र अटारीबीच चल्ने वाला सम्झौता एक्सप्रेसको परिचालन रद्द गरिदिएको छ।’
भारतीय रेलवे आइतबार दिल्लीबाट अटारीसम्म र अटारीबाट दिल्लीसम्म चल्थ्यो। पाकिस्तानतर्फ यो ट्रेन लाहौर र अटारीबीच चल्ने गर्थ्यो। एकअर्को देश जान चाहने यात्री अटारी स्टेशनमा रेल बदल्ने गर्थे।
भारतीय रेलवे अधिकारीले सम्झौता एक्सप्रेस रद्द गर्नुपूर्व आइतबार दुई जना यात्रीले मात्रै टिकट बुक गराएको जानकारी दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।