नेपाली संगीतको गुणस्तर खस्कियो

|

काठमाडौं :  वि.सं.२०५७ सालतिर प्रज्ञा प्रतिष्ठानमा भजन शिरोमणि भक्तराज आचार्यको सम्मान कार्यक्रम थियो। गायक विश्व नेपालीले बालकलाकारका रूपमा आचार्यको गीत गाएका थिए। उक्त गीत गाउँदा भक्तराज आचार्य स्वम् कार्यक्रममा उपस्थित थिए। विश्वको गीत सुनेका आचार्यले उनलाई आफूसँग भेट्न बोलाए।

नेपाली संगीतको एउटा लिजेण्डले बोलाउँदा विश्वको मुटु काँप्यो। 'मैले गीत त बिगारिन, गाली खाने भइयो?' बाल्यअवस्थामा कमलो मुटुभित्र फूलेको श्वास लिँदै उनी आचार्यलाई भेट्न पुगे।

आचार्यले उनलाई भेट्नेबितिक्कै काधँमा धाप मारे। पुरस्कारस्वरूप १ सयको नोट हातमा थमाइदिए। विश्वको फूलेको मुटुमा झन ठूलो कम्पन पैदा भयो। उनले भक्तराजबाट पाएको धाप र पैसा सम्हाल्दै घर फर्कदा संकल्प गरे, 'आचार्यले ममाथि गरेको विश्वासलाई कहिल्यै घात गर्दिनँ।'

जिन्दगीमा पाएको सबैभन्दा ठूलो पुरस्कार नै त्यही लाग्यो उनलाई। उनी संगीत क्षेत्रमा लाग्न आचार्यको धाप महत्वपर्ण रहेको बताउँछन्।

काठमाडौं जन्मिए उनी। हुर्किए पनि यहीँ। परिवारका सबैजना संगीतमै थिए। श्याम नेपाली उनका दाजु थिए। जो गायक कम्पोजर थिए।

बाजे कान्छा मगर नेपाली, ठूलो बुबा रामशरण नेपाली वाद्यवादक गायक थिए। बुवा विवशरण नेपाली राम्रो वाद्यवादक हुन्।

उनको उठबस बिहानैदेखि बेलुकीसम्म बाँसुरी, तबला, हार्मोनियम र सारंगीको धुनसँग भयो। दाइ, बुवा र ठूलोबुवाले गरेको साधनासँगै हुर्किए उनी।

उनलाई लाग्थ्यो, 'केही बन्नु छ भने साधना जरूरी छ।' उनी परिवारकै सदस्यको सिको गर्दै हुर्किए। घरमै कम्पोज गर्ने हरेक गीतमा उनी पनि स्वर भर्थे। मनमनै लाग्थ्यो, 'ठूलै गायक हुँ म पनि।' उनी अतीतका ती रमाइला पल सम्झिँदै भन्छन्, 'बालशुलभ व्यवहार अहिले सम्झिँदा खुबै रमाइलो र आनन्द लाग्छ।'

परिवार नै लागेको क्षेत्रमा उनलाई  सहजै ठाउँ मिलेको होइन। उनी भन्छन्, 'जुनसुक्कै सत्ता र शक्तिमा बसेको परिवार किन नहोस्, उसको सन्तानको खुबी नभए समाजमा परिचित हुन सक्दैन।'

उनको बुझाइमा कलाकारहरू बाटो बिर्सेका बटुवा बनेका छन्। सबैलाई चर्चाको भोक छ। तर साधना गर्न सकिरहेका छैनन्। कोही साधनारत छन्, उनीहरूले काम पाइरहेका छैनन्।

परिवारले देखाएको बाटोमा हिँड्न पनि आँट चाहिन्छ। हिँड्ने खुट्टा बलियो हुन जरूरी छ। त्यसैगरि टेक्न सक्नुपर्छ। उनी कक्षा ४ मा पढ्दै गर्दा ‘राष्ट्रव्यापी बालगीत प्रतियोगिता’ मा प्रथम भए ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने सांगीतिक प्रतियोगिता ‘तिम्रो सुर मेरो गीत’ मा भाग लिए। त्यसमा पनि प्रथम भए। एसएलसी दिएपछि संगीता राणा प्रधानसँग झण्डै ४ वर्षसम्म शास्त्रीय संगीत सिके।

उनको परिवार नेपाली लोकभाकामा चर्चित नाम हो। मौलिक गीतको सिर्जना लागेको परिवारमा उनले निरन्तरतामा क्रमभङ्ग गरिदिए। आधुनिक र चलचित्रका गीतमा स्वर भरे।

आखिर किन त?

आफू मौलिक भाकाबाट कहिल्यै टाढा नरहेको बताउँछन् विश्व। तर उनको दख्खल आधुनिक गीतमा देखियो। हरेक गायकले जुनसुकै जनरनको गीत गाउन सक्नुपर्ने बताउँछन् उनी। 'लोक भाका होस्, चाहे आधुनिक, चाहे फिल्मी यी हाम्रा सम्पत्ति हुन्। सम्पत्तिको पर्वद्धन गर्नु हाम्रो दायित्व हो,' उनी सुनाउँछन्।

बाल्य अवस्थामै गायनमा लागे पनि 'भन के छ बन्दोवस्त' गीतबाट दर्शकमाझ परिपचित बने। तर उनले सुरूमा 'सबैलाई जित्ने बोल' गीत गाएका थिए। यो गीत इमेज अर्वाडमा मनोनित भएको थियो। तर चर्चा भने बटुल्न सकेनन्।  

व्यावसायिक गायन यात्राको टर्निङ प्वइन्ट भन 'के छ बन्दोवस्त' नै हो विश्वका लागि। त्यसपछि उनले पछाडि फर्कनु परेको छैन। तिन सय भन्दा बढी गीतमा स्वर भरिसकेका छन् विश्ववले।

अहिले कस्तो छ नेपाली संगीत? उनी एकछिन शान्त हुन्छन् अनि भन्छन्, 'अहिले अवस्था अलि खस्केको छ। सर्जकमा एकता छैन। अनि कसरी हुन्छ नेपाली सांगीतिक क्षेत्रको उन्नयन र प्रवर्द्धन?'

'हामीले गीत मात्र गाएर नेपाली सांगीतिक क्षेत्रको विकास हुन सक्दैन', विश्व भन्छन्, 'यसका मूल्य, मान्यता र हाम्रो पहिचान,अस्तित्व स्थापित गर्नु आजको आवश्यकता हो।'

उनको बुझाइमा कलाकारहरू बाटो बिर्सेका बटुवा बनेका छन्। सबैलाई चर्चाको भोक छ। तर साधना गर्न सकिरहेका छैनन्। कोही साधनारत छन्, उनीहरूले काम पाइरहेका छैनन्।

छिट्टै चर्चामा आउन चाहने प्रवृत्तिले नेपाली सांगीतिक क्षेत्रको भलो नगर्ने बताउँछन् विश्व। अहिलेका कलाकारलाई सम्मान पनि चाहिएको छ। उनी भन्छन्, 'कलाकारलाई सम्मान चाहिन्छ भने आफ्नो व्यक्तित्व विकास जरूरी छ।'

एक बेला थियो। नपढ्ने मान्छे कलाकार बन्छन्। नत्र सैनिक बन्छ। त्यो हौवा नेपाली समाजमा धेरै पहिलेबाट चलिरहेको थियो। अहिले सैनिक पेशामा होस् कलाकारिता वा अन्य कुनै क्षेत्रमा। शिक्षित व्यक्तिको आगमन सुखद पक्ष हो। शिक्षित व्यक्तिको आगमन हुनु अहिलको सुखद पक्ष रहेको उनी बताउँछन्।

कलाकारले देश भित्रको मात्र नभएर विश्वका जुनसुकै कुनाका गीतबारे जानकारी लिनुपर्छ। अन्यथा कुवाको भ्यागुता हाम्रो नियति बन्छ। त्यसकारण कलाकारहरू अध्यननशील बन्दै गइरहेका छन्। साधना पनि बढाउनुपर्नेमा उनको जोड छ।

'हाम्रा गीत अझै पनि पर्दा पछाडि रहेकाले तिनको उत्खनन् जरूरी छ। युट्युब भ्युजका आधारमा चर्चित गीत पनि होलान्', विश्व भन्छन्, 'तर प्रचारमा नआएका धेरै गीतहरू छन्, जसले हाम्रो पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। तिनको प्रचार हुन नसक्दा हामीले जस्ता पनि गीत सुनिरहनुपरेको छ।'

अहिले चलिरहेको संगीतको क्षेत्रमा विसंगति धेरै रहेको बताउँछन् उनी। संगीतको कुनै भूगोल हुँदैन। त्यसकारण हामीले हाम्रो संस्कृति विश्वसामू पर्‍याउने हो भने नेपाली सांगीतिक क्षेत्रलाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन सेन्सरबोर्ड चाहिने बताउँछन् उनी।

उनी भन्छन्, 'अहिले पनि पुराना सर्जकको गीत सुनेर हुर्किएका श्रोताहरू हुनुहुन्छ। उहाँहरूले अहिलेका गीत र पहिलाका गीतहरू विच भिन्नता सजिलै मूल्यांकन गर्नसक्नुहुन्छ।'

कहिलेकाहीँ पुराना पुस्तासँग उनी यसबारे छलफल गर्छन्। कतिले त अहिलेका गीतमाथि बहस गर्नै नचाहेको नमिठो पल उनीसँग छ। कलाकारले बिगारेका हो भने एकजुट भएर कमीकमजोरी सुधार्दै जान जरूरी रहेको बताउँछन् विश्वव।

'हाम्रा गीत अझै पनि पर्दा पछाडि रहेकाले तिनको उत्खनन् जरूरी छ। युट्युब भ्युजका आधारमा चर्चित गीत पनि होलान्', विश्व भन्छन्, 'तर प्रचारमा नआएका धेरै गीतहरू छन्, जसले हाम्रो पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। तिनको प्रचार हुन नसक्दा हामीले जस्ता पनि गीत सुनिरहनुपरेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.