|

दैलेख : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको आज १५ वर्ष पुगेको छ। २०६१ साल साउन २७ गते साबिकको द्धारी गाविसमा पर्ने द्धारी जगंलमा उनको शव भेटिएको थियो।

तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाहरुको खानेपानी समस्या समाधानका लागि पहल गर्न त्यहाँ पुगेका डेकेन्द्र नत सदरमुकाम फर्किन पाए, न उनका परिवारले शव नै देख्न पाए।

उनलाई त्यहीँबाट तत्कालीन माओवादीले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर राख्यो र हत्या गर्‍यो। निर्मम तरिकामा हत्याको सिकार बनेको पत्रकार थापाको शव द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो।

हत्या भएको १५ वर्ष पुगिसक्दा पनि हत्याका मुख्य आरोपीहरु भने अहिलेसम्म पक्रिन सकेका छैनन्। दैलेखका सबै पत्रकारहरुको आवाज भनेको हत्यारा पक्राउ पर्न नसक्नुमा मुख्य दोषी राज्य नै हो।

सरकार मूदर्शक बनेको आरोप

मुख्य हत्याराको पहिचान हुँदासमेत सरकार मूकदर्शक बनेर बसेको आरोप पत्रकारहरुको छ। जिल्ला अदालत दैलेखले हत्यारालाई कारबाहीका लागि फैसलासमेत गरिसकेको छ। फैसला भएको दशकसम्म पनि मुख्य अभियुक्त पक्राउ परेका छैनन्।

सहकर्मी यसरी सम्झिन्छन् विगत

तत्कालीन दिन सम्झिँदा अहिले पनि मनमा डर उत्पन्न हुने बताउँछन् डेकेन्द्रका सहकर्मी प्रत्रकार विष्णु शर्मा। जतिवेला दैलेख पत्रकार महासंघको पहिलो निर्वाचित अध्यक्षको भूमिका निर्वाह गर्न पाएका थिए पत्रकार डेकेन्द्र थापाको शव उत्खनन गर्न मुखमा पट्टी बाँधेर द्धारी जंगल पुगेको आज १५ वर्ष पुगेछ अहिले त्यो बेलाको सम्झना गर्दा भित्रि मनमा डर पैदा हुन्छ।

उतिवेलाको निकै डरलाग्दो क्षेत्र माओवादीले कब्जा गरेको नौमुले त्याहाँ गएर आफ्ना सहकर्मीको शव उत्खनन गर्नका लागि पहिलो अनुसन्धान गर्न धेरै चुनौती भोगेको बताउँछन् पत्रकार शर्मा।

मुखमा पट्टी बाधेर हिड्यौ

मुखमा पट्टी बाँधेर सहकर्मीको शव खोज्‍न हिँडेको समय ताजै छ। दिनमा गए माओवादीले थाहा पाउने डरले झोला छाता बोकेर राति हिँड्ने आँट गर्‍यौँ कसैले चिनी हाले भने के भन्ने कसैले नचिनून् भनेर मुखमा पट्टी बाँधेर रातको नौ बजेतिर तीनजना साथीहरु रातारात नौमुले बजार पुग्यौँ।

नौमुलेबाट एकाबिहानै उकालो चढेर द्वारी झरनाको दृश्य लिनका लागि भनेर क्यामेरासहित गएको हामी तीनजनाको टोलीले दुई दिनसम्म सहकर्मीको शव खोज्न गहिरो अध्ययनमा बितायो।

केही भेटिने आशा

जहा डेकेन्द्रलाई मारेर गाडिएको थियो उक्त विद्यालयनजिकै घर भएकी एक महिलाले डेकेन्द्रको चित्कार सुनेको बताइन्। उनको चित्कार सुनेर आफूसमेत रोएको पीडा उनीसँग चार वर्षदेखि गुम्सिएर बसेको रहेछ।

उनीसँग चिनजानपछि आफूले बाध्य भएर डेकेन्द्रको भाइ भने उनलाई झनै पीडा भएछ हामीलाई अझै केही भन्न चाहिन्न सामान्य संकेत भने पायौँ यतै कतै देख्थ्यौँ धेरैजसो माओवादीले घुमाउन ल्याएको हामीले पनि देखेका थियौं तर अरू कुरा केही थाहा भएन उनी महिलाले उक्त कुरा भनेपछि पहिलो अनुसन्धानमा हामीलाई थप ऊर्जा मिलेको थियो।

मदिराका कारण व पत्ता लगाउन अवसर

जहा डेकेन्द्रलाई मारिएको थियो हामी शव खोज्न दोस्रोपटक गएर त्यही स्कुलनजिकै रहेको सानो पसलमा बसिरहेका थियौँ प्रत्यक्षदर्शीले मदिरा सेवन गरेका कारण हामीलाई शव पत्ता लगाउन ठूलो अवसर मिल्यो।

मदिरा सेवन गरेका स्थानीयसँग सोधिखोजी गर्दा उनीहरूले मादिराकै मातमा स्कुलको काठमा खुट्टा बाँधेर पिटीपिटी मारेको बताए। उनीहरूले कसैलाई नभन्नु शव गाडेको पनि स्कुल पछाडि घरनजिक छ भनेपछि बिहान त्यतै गयौँ स्थानीयको भनाइअनुसार आफूहरूलाई डेकेन्द्रको शव पत्ता लगाउन सहज भएको बताउँछन् पत्रकार शर्मा।

पहरा नजिकै शव गाडिएको जानकारी पाएपछि तत्काल सदरमुकाम आयौँ त्यसपछि सम्बन्धित निकायमा जानकारी गरायौँ जानकारीलगत्तै सुरक्षा निकायले उक्त ठाउँमा गएर शव उत्खनन गरेको थियो।

अहिले पनि चुनौती कायमै

तत्कालीन समयमा यस्ता विषयहरू सँगै अहिले पनि इमानदार र व्यावसायिक पत्रकारमाथि धावा बोल्नेक्रम कायमै छ। आफ्नो व्यावसायिक मर्यादा कायम राखेर काम गर्दै आएका पत्रकारहरु माथि अहिले पनि विभिन्न बहानामा समस्या पार्ने र धावा बोल्ने क्रम जारी छ।

डेकेन्द्रराज थापाको न्ययाका लागि भौतारिएको १५ वर्ष पुग्यो अदालतबाट फैसला भइसकेका आरोपितलाई सरकारले पक्राउ गर्न सकिरहेको छैन सहकर्मीको न्यायको खोजीमा रुमलिएको १५ वर्ष बितिसक्दासमेत न्यायको लडाइँ जारी रहेको पत्रकार शर्माले बताए।

हत्या गरिका पत्रकार डेकेन्द्रराज थापाका सहकर्मी पत्रकार विष्णु शर्मासँगको कुराकानीमा आधारित।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.