|

सुनसरी : शनिबार दिउसो सुनसरीको धरान स्थित काली खोलामा दुर्लभ मानिएको किंग कोब्रा फेला पर्‍याे। स्थानीयले निगुरो टिप्नेक्रममा विश्वमै दुर्भल र विषालु मानिने किङ कोब्रा (राजगोमन) धरानको उच्च क्षेत्रमा देखेपछि उक्त कोब्राको एक जना सर्प उद्दारकर्ताले आफैसँग लगेका थिए।

विश्वमै दुर्भल र विषालु मानिने किङ कोब्रा (राजगोमन) सर्प पक्रिएर फनफनी घुमाउँदा धराने जनता आश्चार्यमा परे। सर्प पक्रिएर बोरामा हालेका उनले यो ज्यादै दुर्लभ सर्प भएकोले वन कार्यालयमा आफैले संरक्षण गरेर राख्ने र अरुलाई ज्ञान बाँड्ने बताए। ‘यो असाध्यै दुर्लभ सर्प हो। कोशी पूर्व अहिलेसम्म किङ कोब्रा भेटिएको प्रमाण थिएन’, उनले भने,‘यो सर्प पूर्वमा पनि छ भनेर प्रमाण भेटिएको यो नै पहिलो हो।’

सिस्नु टिप्न गएका धरानका केही युवाले लामो र ठूलो सर्प देखेपछि पत्रकार भैरव आङ्लालाई खबर गरेका थिए। उनले नै ती सर्प उद्दारकर्तालाई खबर गरेका थिए। ती उद्धारकर्ता थिए बिराटनगर निवासी प्रेम बिष्ट। बिष्टको घर मोरङको विराटनगर भए पनि उनी अहिले पूर्व पश्चिम राजमार्गमा पर्ने मोरङको मंगलबारे सव डिभिजन बन कार्यालयमा सशस्त्र बनरक्षकको रुपमा कार्यरत छन।

पूर्वमा स्नेक मेनकोरुपमा पनि आफनो परिचय बनाएका बिष्टले सर्प मार्नु हुँदैन। संरक्षण गर्नुपर्छ भनेर अभियान नै चलाएका छन। तराइमा यतिबेला प्रायजसो सर्वसाधारणलाई सर्पले डस्ने गर्दछ। यसरी सर्पको डसाइबाट जोगिन सबैले सर्प मार्ने गर्दछौं। तर बिष्ट भने पूर्वमा भने सर्प मार्नु हुँदैन बचाउनुपर्छ भनेर लागि परेका छन।

बिष्टले पूर्वमा विषालु सर्प मात्रै ४ हजार २ सय भन्दा बढीको उद्धार गरेका छन भने अन्य हजारौ सर्पको उद्धार गरेर सुरक्षित ठाउमा पुर्‍याएर छाडेका छन। विष्ट सर्पको उद्धार गरेपछि सर्पको बारेमा सर्वसाधारणलाई पनि जानकारी गराउछन।

वरिपरि सर्प देख्ने वित्तिकै मार्ने गर्नाले भोलि कुनै पनि विषालु सर्पले हामीलाई डसेमा सर्पको उपचार हुन नसक्ने उनको भनाइ छ। यदि सर्पनै भएन भने भोलि मानिसलाई पनि बच्न समस्या हुने उनी वताउँछन। 

४८ बर्ष अघि पूर्वी पहाडी जिल्ला खोटाङको सिमपानीमा जन्मेका विष्टले सवै भन्दा पहिले पहाडमा पाइने गुर्भे सर्प पकडेर सर्प समाउन सुरु गरे। त्यति खेर उनको उमेर नौ वर्षको मात्रै थियो। सर्पको बारेमा केही पनि थाहा थिएन। तरपछि नेपाल प्रहरीमा जागिरे भएपछि उनले विस्तारै सर्पको बारेमा जान्न र बुझन थाले।

प्रहरी हवल्दारबाट अवकास पाएका विष्टले पछिल्लो समय पूर्वमा सर्प बचाउ र पर्यावरण जोगाउको अभियाननै सुरु गरेका छन। उनको दैनिकी सशस्त्र वनरक्षक भएर काम गर्नु हो। तर उनलाई कही कसैले सर्प देखेको खण्डमा सर्पको उद्धार गर्न फोन गरेर बोलाउने गर्दछन्। यो क्रममा उनले पूर्वका विभिन्न गाउँसम्म पुगेर सर्पको उद्धार गर्छन।

बिष्टले उद्धार गरेको सर्प आफू सँग सुरक्षित राख्ने र सुरक्षित ठाउँमा लगेर छोडिदिने गर्दै आएका छन। सर्प मानिसको लागि घातक भएको तर उसले डसेको अवस्थामा मात्रै। तर सर्पकै कारण हामी मानिस बाच्ने पनि गर्दछौं भन्ने धारणा राख्ने बिष्ट एउटा सर्पले १० हजार मानिसको ज्यान जोगिएको दाबी गर्छन।

मानिसलाई जुन सर्पले टोकेको हो त्यही सर्पको बिषबाट बनेको एन्टिस्नेक भेनम लगाउनुपर्ने उनको भनाइ छ। त्यसैले सर्प जोगाउनु पर्ने विष्टको स्पष्टोक्ति छ। सर्पले जो कोहीलाई हत्तपत्त ठुंग्दैन। उसलाई टेकियो र चलाइयो भने मात्रै ठुग्ने गर्दछ। हिउदको तुलनामा बर्खामा सर्प बढी सक्रिय हुने गर्दछ। त्यसैले घर वरिपरि सफा राख्ने, प्वालहरू टाल्ने र सर्पबाट टाढै बस्न विष्टको सुझाव छ।  

उद्धारकर्ता बिष्टले भने, 'पूर्वमा पाइने ४ हजार २ सय भन्दा बढी विषालु सर्पकाे उद्धार गरेकाे छ। गोमन, करेत लगायतलाई पनि समातेर उद्धार गरेकाे छु।' पूर्वका विभिन्न ठाउँमा सर्प देख्ने वित्तिकै उनलाई सर्वसाधारणले फोन गरेर बोलाउने गर्दछन्। यसरी उनले पूर्वी तराईको चारकोशे जंगलमा पाइने थुप्रै अजिंगरको पनि सफल उद्धार गरिसकेका छन।

सर्प मार्नु हुँदैन वचाउनुपर्छ भन्ने अभियानमा सधै लागि परेका विष्टको अभियानमा धेरैले साथ सहयोग गरिरहेका छन। नेपालमा पाइने ८८ प्रजातिका सर्पमध्ये २८ प्रजातिका सर्प मात्रै विषालु भएकोले अरु सर्प विषरहित हुने भएकोले पनि सर्प चिन्न सकियो भने सर्पबाटै सजिलै जोगिन सकिने सर्प विज्ञ बताउछन्।

सर्प जोगियो भने मात्रै पर्यवरण पनि जोगिने भएकोले पहिले आफै सुरक्षित रहने र सर्पलाई पनि बचाउनुपर्ने सर्पका जानकारहरू बताउँछन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.