म्यासेन्जरबाट आउट गरेका थिए प्रश्‍नपत्र

|

धनुषा : जनकपुरधामस्थित राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा भइरहेको एमबिएसको प्रश्नपत्र आउट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

चिट चोरीमा देशकै बदनाम क्याम्पसमध्ये एक राम सागर राम स्वरुपबाट प्रश्नपत्र आउट गरेर फोटोकपी गर्दागर्दै समातिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको हो। 

यहाँ चिट चोर्न पाउने भएकाले कुनैबेला निजामती, सेना, प्रहरीका हाकिमदेखि नेतासम्म यो क्याम्समा परीक्षा दिन पुग्थे। यही क्याम्पसबाट प्रश्नपत्र आउट गरेर फोटोकपी गर्ने पाँचजनालाई प्रहरीले समातेको हो । 

पक्राउ पर्नेहरुमा धनुषाको जनकपुर उपमहानगरपालिका-१२ वस्ने २१ वर्षीय सोनुकुमार साह, जनकपुर-४ वस्ने ३१ वर्षीय लीलाराज शिव मन्त्री, जनकपुर-१२ का २२ वर्षीय लालबाबु मण्डल, त्यही वडाकै २४ वर्षीय सुजितकुमार मण्डल र सर्लाहीको ईश्वरपुर नगरपालिका-७ बस्ने २० वर्षीय अविनाश महतो रहेका छन्। 

परीक्षा हलबाटै म्यासेन्जरबाट  प्रश्‍नपत्र आउट गरेको घटनामा उनीहरु पक्राउ परेका हुन्। एमबीएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-४ बाट उनीहरु समातिएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी स्थानीय सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गराउँदै गर्दा उनीहरु पक्राउ परेका थिए। 

प्रश्नपत्र आउट गरी फोटोकपी गराइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो पनि : एमबीएसको परीक्षमा म्यासेन्जरबाट प्रश्‍नपत्र आउट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.