|

काठमाडौं :  वृज सिमेन्ट इण्डष्ट्रिजले श्रावणको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ।

लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, नेपाल भारत मैत्री अस्पताल, मित्रपार्क, काठमाडौं वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो।

बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई १५० जना बिभिन्न स्वयंमसेवकद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ। यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ।

स्वास्थ्य शिविर क्याम्पसमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो। उक्त्त स्वास्थ्य शिविरका अनुसार करीब दुई हजार धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए।

श्रावणको सोमबार देशभर महादेबको बिभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ। वृज सिमेन्टको यो कार्य आफनो कम्पनीको बार्षिक कार्यक्रम अन्र्तगत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.