|

तनहुँ : बन्दीपुर गाउँपालिका ४ ठूलढुंगा चुँदीखोला किनारमा पुरुषको शव भेटिएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका १ डुम्रेबजारका ५५ वर्षीय श्याम शाही रहेका छन्।

खोला किनारमा शाही सोमबार दिउँसो ४ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आइतबार साँझ ८ बजेदेखि हराइरहेका शाहीको घरनजिकै चुँदीखोला किनारमा पुरुषकाे  शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। 

शाहीको घाटी रेटिएको अवस्थामा भेटिएकोले आत्महत्या नभई हत्या भएको अनुमान गरिएको एसपी सिलवालले बताए। शाहीले लगाएको गहनाको लोभमा हत्या गरेको हुनसक्ने र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.