|

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपिएल) को तेस्रो संस्करण आगामी १७ फागुन देखी १ चैत सम्म सञ्चालन हुने भएको छ। आयोजकले प्रेस विज्ञप्ति मार्फत यो यो वर्ष हुने प्रतियोगिताको मिति तय गरेको हो।

अघिल्लो संस्करणमा मंसिरमा हुँदै आएको प्रतियोगिता यो पटक तीन महिना पछि सारिएको छ। मंसिरमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता भएकाले पनि नयाँ मितीमा प्रतियोगिताको तयारी गरिएको हो।

प्रतियोगितामा सहभागी टिमले एकजना टेस्ट क्रिकेटरलाई आइकोनिक खेलाडीको रुपमा अनिवार्य रुपमा समावेश गर्नुपर्ने नयाँ नियम पनि समावेश गरिएको छ। अघिल्लो सिजन दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले पोखरा राइनोजको प्रतिनिधित्व गरेका थिए।

यस्तै टेस्ट राष्ट्र आयरल्याण्डका पल स्टरलिङ्ग चितवन टाइगर्सबाट तथा आयरल्याण्डकै केभिन ओ ब्रायन काठमाडौँ किंग्स–११ बाट खेलेका थिए। टेस्ट राष्ट्र बाहेक नेदरल्याण्डका रोल्फ भानडर मर्वे, रायन टेन डोसेथे , पल भान मिकिरन खेलेका थिए। यस्तै युएईका रोहन मुस्तफा, मोहम्मद नाबिद, हंगकंङका बाबर हायात लगायतका खेलाडिले इपिएल खेलेका थिए।

अघिल्लो सिजन एपीवान टीभीबाट प्रत्यक्ष प्रसारण गरिएको ईपिएल यो पटक अन्तर्राष्ट्रिय क्वालिटीको प्रत्यक्ष प्रशारण गर्न विदेशी प्रोडक्सन कम्पनीहरुसँग कुरा भइरहेको जनाइएको छ। प्रत्यक्ष प्रशारण गर्न उपलब्ध उत्कृस्ट उपकरणहरु हुनेछ। समर्थकहरुले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलहरुको स्तरको प्रशारण देख्न पाउने छन्।

गत संस्करणको इपिएलले विदेशी कमेन्टेटर ल्याएको थियो। यो पटक पनि ल्याउने संभावना रहेको छ। यस्तै पहिलो पटक विदेशी चियरलिडर्सहरु समेत ल्याईएको थियो। प्रतियोगिताको व्यवस्थापनमा समेत विदेशी लिगमा काम गरिसकेका भारतीयहरुको संलग्नता रहेका थिए। जसले निरन्तरता पाउने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.