|

पर्वत : लोक तथा दोहोरी गायकद्वय कस्तुप पन्त र याम क्षेत्रीले क्यान्सर पीडित युवालाई आर्थिक सहयोग गरेका छन्। 

आन्द्राको क्यान्सरका कारण भारतीय अस्पतालमा उपचार गराइरहेका कुस्मा नगरपालिका–४ का २९ वर्षीय मीनबहादुर विश्वकर्मा (खड्क)लाई ११ हजार ११० रुपैयाँ सहयोग गरेका हुन्। उनीहरुले पाँच हजार ५५५ रुपैयाँका दरले सहयोग रकम प्रदान गरेका हुन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनको क्रममा सम्मानसहित दिइएको रकम मीनबहादुरको उपचारका लागि उनकी आमा तुलसी परियारलाई हस्तान्तरण गरिएको हो।

मीनबहादुरको भारतको दिल्लीस्थित इन्दिरा गान्धी अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारको क्रममा हालसम्म करिब ६० लाख रुपैयाँ सकिएको र घरबाट आर्थिक जोहो गर्ने उपाय नै नलागेपछि परिवारले उनको जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.